News Category 2080/08/09
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिबारदेखी सप्तरीमा समेत सुरु भएको छ । अभियानको पहिलो दिन “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको एक्यबद्धता” नारा सहित प्रभातफेरी र कोणसभाको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइराला, महिला सचेतना समाजकी अध्यक्ष सुनिता साह, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, एकल महिला संगठनकी अध्यक्ष अनिता देवकोटा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष मनु खनाल, सबल नेपालका परमेश्वर झा लगायतका वक्ताहरुले समाजमा बालबिवाह, बहुविवाह, दाइजो प्रथा, बलात्कार लगायतका महिला हिंसाका घटना र बिकृती अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै हिंसारहित समाजको निर्माणमा महिला र पुरुषबीच सहकार्य आवश्यक रहेको औल्याए ।
हिंसा गतिबिधी न्युनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यले अधिकार, न्याय तथा सामाजिक क्षेत्रमा आवद्ध विभिन्न संघसंस्था, विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज तथा सुरक्षा निकायका प्रमुख सम्मिलित जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल सप्तरीको आयोजनामा अभियान सुरु गरिएको हो ।
१६ दिनसम्म चल्ने यो अभियान अन्तरगत लैङ्गिक हिंसा निवारण र महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रमहरु संचालनमा ल्याइने जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण संजाल सप्तरीले जनाएको छ ।
विश्वभर नोभेम्बर २५ तारिखलाई महिलामाथी हुने हिंसा बिरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा यो अभियान बि.स. २०५४ सालदेखी मनाउन थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ