News Category 2080/08/09
प्रतिष्ठान सूचारुका लागि सप्तरी युथद्वारा सप्ताहव्यापी आन्दोलन घोषणा
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरी युथ नेपालले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब सूचारु गराउन दबाब रुवरुप एक हप्ते आन्दोलनको घोषणा गरेको छ ।
युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवद्वारा शनिबार जारि विज्ञप्तिमा प्रतिष्ठान अबिलम्ब सुचारु गराउन बैठक बसी सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनमा उत्रिने निर्णय गरेको उल्लेख छ ।
सम्पन्न बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा १८ सदस्यीय आन्दोलन समिति समेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति मार्फत मंसिर १० गते जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, मंसिर ११ गते ¥याली प्रदर्शन, मंसिर १२ गते सिटी जुलुस प्रदर्शन, मंसिर १३ गते दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, मंसिर १४ गते जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने र मंसिर १५ गते सोही कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने विज्ञप्तिमा उल्लेख गर्दै आन्दोलनमा समग्र जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग सहयोगका लागि अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ