News Category 2080/08/09
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले शनिबार साना लगानीका १६ जना उद्योगि व्यवसायीलाई सम्मान गरेको छ ।
नवौं उद्योग दिवस २०८० को अवसरमा शनिबार आयोजित कार्यक्रममा पाँच महिलासहित १६ जना उद्यमीहरुलाई सम्मान गरेको हो ।
घेरलु तथा साना उद्योगबाट स्वकृती लिएर साना लगानीमा स्वरोजगारमूलक कार्य गरि अरुलाई समेत रोजगार प्रदान गर्दै आएका ती १६ जना उद्यमीलाई सम्मान गरिएको कार्यालयका प्रमुख एवं उद्योग अधिकृत रेखा यादवले जानकारी दिइन् ।
सम्मानित हुनेहरुमा विभिन्न बोटबिरुवाको पातको पाउडर बनाएर देश विदेशमा निर्यात गर्न सफल सुरुङ्गा नगरपालिका ६ का लालबहादुर चौधरी, उद्योगबाट साबुन र सर्पm उत्पादन गरेर बिक्रि गर्दै आएका राजविराज ६ का सुनिल कुमार साह, माटाका भाडाहरु निर्माण गर्ने कंचनरुप ५ का सीताराम पण्डित, सिलाई कटाई कार्यमा संलग्न डाक्नेश्वरी ८ की रेणु कुमारी साह, सुरुङ्गा ५ की पारो चौधरी, अर्गेनिक कृषिमा लागेका राजविराज १४ का विद्यानन्द मण्डल, पेपर प्लेट उत्पादन गर्ने हनुमाननगर कंकालिनी ३ का कैलाश दास, लाहाका चुरा बनाउने शम्भुनाथ ३ की लक्ष्मी पासवान, साबुन उत्पादन गर्ने कार्यमा संलग्न कंचनरुप १२ का मिराज अली, नुडल्स् बनाउने कार्यमा संलग्न सोही वडाका मो. मनान, होटल व्यवसायीकर्मी रुपनी १ की बिन्दादेवी साह, पुरानो बोतललाई पुनःप्रशोद्धन गरि बिजुलीको पाइप निर्माण गर्ने छत्र नारायण यादव, ब्युटिसियन राजविराज ३ की पुनम गुप्ता, मोटरसाइकल ग्यारेज खोलेका राजविराज ८ का घनश्याम यादव, सिलाई कटाई कार्यमा संलग्न राजविराज ३ का कल्पना साह र छापाखाना संचालन गरेका राजविराज ८ का नवीनकुमार गुप्ता छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले साना उद्योगका उद्यमीहरुले थोरै पूँजीमा स्वरोजगारमूलक कार्य गरिरहेकोप्रति प्रंशसा गर्दै उनीहरुलाई चाहिने आवश्यक प्राविधिक ज्ञान र निगरानीका निम्ति घरेलु कार्यालयलाई सहकार्य गर्न सुझाव दिए । उनले अहिले नेपाल प्रयोगशालाको रुपमा प्रयोग भइरहेको भन्दै यसप्रति चनाखो हुनुपर्नेमा जोड दिए ।
घरेलु कार्यालयका प्रमुख रेखा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगि छत्रनारायण यादव, महिला उद्यमी पारो कुमारी चौधरी, उद्योग बाणिजय संघ सप्तरीका बरिष्ठ उपाध्यक्ष दुर्गानन्द साह, नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, घरेलु महासंघका निवर्तमान अध्यक्ष उमेश दाहाल लगायतले जिल्लामा संचालित साना उद्योग र उद्यमीहरुको समस्या, चुनौती र सम्भावनाहरुप्रति प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ