News Category 2080/08/10
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
स्वास्थ्यतर्फ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सप्तरी जिल्लामा दोश्रो स्थान हासिल गरेको छ ।
आर्थिक बर्ष २०७९÷०८० को स्वास्थ्यतर्फ सम्पन्न कार्यक्रमहरुको समिक्षा तथा आगामी बर्षको लागि योजना निर्माण गर्न बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले सो जानकारी दिएका हुन् ।
बार्षिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले सीमित स्रोत र साधनको बावजुदपनि १८ वटा पालिकामध्ये तिलाठी कोइलाडी गाउँपालिकाले जिल्लामा दोस्रो स्थान हासिल गरेकोमा स्वास्थ्यकर्मीहरुलाई बधाई दिए ।
उनले विगतमा देखिएका कमीकमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा प्रभावकारी र जनमूखी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जनताको गुनासो नआउने हिसाबले स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साह, वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झासहितकाले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा स्वास्थ्य शाखाका दिपककुमार मण्डलले गाउँपालिकाका समग्र स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरे ।
गाउँपालिकाको ८ वटै स्वास्थ्य संस्थामध्ये उत्कृष्ट हुने स्वास्थ्य संस्थालाई पुरस्कृत गर्न स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झा, जनस्वास्थ्य अधिकृत हरेन्द्र साह र गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख भूपेन्द्र झा सहितको एक चयन समिति गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ