News Category 2080/08/10
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब सूचारु गराउन माग गर्दै आन्दोलनरत सप्तरी युथ नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
युथ नेपालले प्रतिष्ठान सूचारु गर्न माग गर्दै दबाब रुवरुप घोषणा गरेको एक हप्ते आन्दोलन अन्तरगत आइतबार प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
आन्दोलन समितिका संयोजक सत्येन्द्र यादवद्वारा बुझाइएको ज्ञापनपत्रमा प्रतिष्ठान निर्माणका लागि विभिन्न आर्थिक वर्षमा रकम बिनियोजित गरेपनि काम हुन नसकि रकम फ्रिज भएको जनाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७८ साल असार २२ गते भवन निर्माणका लागि शिलान्यास भइसकेर हालसम्मको प्रगति डिपिआर मात्र भएको उल्लेख छ ।
प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र संचालनमा ल्याई नेपाली जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहयोग गरिदिन भन्दै राज्यले नै गरेको घोषणा पुरा गर्न तदारुकता देखाउन आग्रह गरिएको छ । विज्ञप्तिमा काम सुरु नभए निरन्तर आन्दोलनमा लागिरहने जानकारी समेत दिइएको छ ।
यसअघि शनिबार युथ नेपालले सत्येन्द्र यादवको संयोजकत्वमा १८ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको थियो ।
आन्दोलनका कार्यक्रम अनुसार मंसिर १० गते जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, मंसिर ११ गते ¥याली प्रदर्शन, मंसिर १२ गते सिटी जुलुस प्रदर्शन, मंसिर १३ गते दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, मंसिर १४ गते जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने र मंसिर १५ गते सोही कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने कार्यक्रमका साथै आन्दोलनमा समग्र जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग सहयोगका लागि अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ