News Category 2080/08/10
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
राजविराजस्थित एक गेष्ट हाउसका संचालक र म्यानेजरलाई यौन धन्दा संचालन गरेको आरोप प्रहरीले पक्राउ गरेको छ । सो गेष्ट हाउसबाट पाँच जना युवती समेत फेला परेका छन् ।
गेष्ट हाउसमा यौन धन्दा हुने गरेको सुचनाका आधारमा प्रहरीले राजविराज ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक राजविराज ६ निवासी ५७ वर्षिय अरुण कुमार मिश्र तथा म्यानेजर सप्तरीको महदेवा गाउँपालिका २ निवासी ४१ वर्षिय राम प्रकाश मण्डललाई शनिबार साँझ पक्राउ गरेको हो ।
संचालक मिश्र र म्यानेजर मण्डलको मिलीभगतमा गेष्ट हाउसमा विभिन्न प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लगाउने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेका संचालक मिश्र र म्यानेजर मण्डललाइ आईतवार सप्तरी जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पोसार कसुर मुद्दामा तीन दिनको म्याद थपि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गेष्ट हाउसको कोठाबाट फेला परेका युवती मध्ये चार जना सप्तरीको तथा एक जना सुनसरीको रहेको प्रवक्ता नेउपानेले बताए । उक्त गेष्ट हाउसमा सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
गेष्ट हाउसमा फेला परेका युवतीहरुलाई आवश्यक सचेतनासहित अभिभावकको जिम्मा लगाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ