News Category 2080/08/11
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
शसस्त्र प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सप्तरीको बलान विहुल गाउँपालिका क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट वेल्हीबाट खटेको पैदल गस्ती टोलीले आइतवार राती वडा नं. ४ स्थित वेल्ही सडक खण्डबाट कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।
प्रहरी गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जनाले कपडाको पोका फालेर भारत तर्फ भागेको प्रहरीको भनाई छ ।
उक्त कपडाको पोका खोली चेक गर्दा एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल गण नंं ६ का सुचना अधिकारी डिएसपी मोहन राज विष्टले जानकारी दिए ।
बरामद पेस्तोल र गोली सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाई फरार भएका ब्यक्तीबारे थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ