News Category 2080/08/16
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै

राजविराज÷लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत आठौं दिन शनिवार परिकल्पना नेपाल सप्तरीले बालिकाहरूसँग बालश्रमको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राजविराज नगरपालिका वडा नं १ मा संचालित कार्यक्रमका सहभागी बालिकाहरूले बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै आएको बताए ।
उनीहरूले केहि बालकहरू घर बाहिर बालश्रम गरेको देखिएपनि खासगरि ग्रामीण भेगका बालिकाहरू घरभित्र देखि बाहिरको काममा जोतिएर बालश्रमको सिकार हुनुपर्ने बाध्यता रहेको धारणा राखे ।
काममा लगाएर बिद्यालयबाट वञ्चित गर्नु, शारीरिक, मान्सिक, सामाजिक रूपमा बालबालिका पीडित र प्रताडित भएर बालश्रमको सिकार भएको कयौ उदाहरण भएपनि अहिले पनि परिवार र समाज यस विषयमा गम्भीर नभएको उनीहरूको तर्क थियोे ।
कार्यक्रममा बालश्रमको विषयमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरिक्षक हृदय यादव सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, परिकल्पना नेपाल सप्तरीका अध्यक्ष सुधा देव, आसमान नेपालका शान्ता सिंह लगायतले बालश्रम भनेको के हो ? नेपालमा बालश्रमको, बालश्रमबाट पर्दै आएको असर, बालश्रमलाई न्यूनीकरणका लागि गर्नुपर्ने पहल लगायत बिषयमा बृहत् रूपमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका रमानन्द देव, नेत्र दास, परिकल्पना नेपालका उपाध्यक्ष सुनिता कुमारी परियार, सहसचिव पिंकी मण्डल, कोषाध्यक्ष डोली कुमारी सिंह, सदस्य सवाना प्रविण, लक्ष्मी चौधरी तथा संस्था आबद्ध व्यक्तिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा ५० जना बालिकाहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुधा देवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सहसचिव पिंकी मण्डलले गरेकी थिईन् ।
“लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको एक्यवद्धता” नाराका साथ यस वर्ष सप्तरीसहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ