News Category 2080/08/16
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै
राजविराज÷लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत आठौं दिन शनिवार परिकल्पना नेपाल सप्तरीले बालिकाहरूसँग बालश्रमको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राजविराज नगरपालिका वडा नं १ मा संचालित कार्यक्रमका सहभागी बालिकाहरूले बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै आएको बताए ।
उनीहरूले केहि बालकहरू घर बाहिर बालश्रम गरेको देखिएपनि खासगरि ग्रामीण भेगका बालिकाहरू घरभित्र देखि बाहिरको काममा जोतिएर बालश्रमको सिकार हुनुपर्ने बाध्यता रहेको धारणा राखे ।
काममा लगाएर बिद्यालयबाट वञ्चित गर्नु, शारीरिक, मान्सिक, सामाजिक रूपमा बालबालिका पीडित र प्रताडित भएर बालश्रमको सिकार भएको कयौ उदाहरण भएपनि अहिले पनि परिवार र समाज यस विषयमा गम्भीर नभएको उनीहरूको तर्क थियोे ।
कार्यक्रममा बालश्रमको विषयमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरिक्षक हृदय यादव सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, परिकल्पना नेपाल सप्तरीका अध्यक्ष सुधा देव, आसमान नेपालका शान्ता सिंह लगायतले बालश्रम भनेको के हो ? नेपालमा बालश्रमको, बालश्रमबाट पर्दै आएको असर, बालश्रमलाई न्यूनीकरणका लागि गर्नुपर्ने पहल लगायत बिषयमा बृहत् रूपमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका रमानन्द देव, नेत्र दास, परिकल्पना नेपालका उपाध्यक्ष सुनिता कुमारी परियार, सहसचिव पिंकी मण्डल, कोषाध्यक्ष डोली कुमारी सिंह, सदस्य सवाना प्रविण, लक्ष्मी चौधरी तथा संस्था आबद्ध व्यक्तिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा ५० जना बालिकाहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुधा देवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सहसचिव पिंकी मण्डलले गरेकी थिईन् ।
“लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको एक्यवद्धता” नाराका साथ यस वर्ष सप्तरीसहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ