News Category 2080/08/17
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरी जिल्लामा २ सय १२ जना बौद्धिक अपाङगता भएका व्यक्तिहरु रहेका छन् । ३२ औं अन्र्तरािष्ट्रय अपाङ्गता दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो ।
समावेशी अपाङ्गता संघ, बौद्धिक अपाङ्गता अभिभावक संघ तथा बौद्धिक अपाङ्गता संघ सप्तरीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा ६५ जना ४० वर्ष मुनीका रहेको बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदिश प्रसाद अर्यालले जानकारी दिए ।
उनले बौद्धिक अपाङ्गता भएका ब्यक्ती मध्ये गरिब र विपन्न समुदायको छनौट गरी आउदो दिनमा समेत उनीहरुलाई पनि विभिन्न खाले सहयोग जुटाउने तयारी भईरहेको बताए ।
कार्यक्रममा बौद्धिक अपाङ्गता भएका विपन्न र गरिब समुदायका २० जना छात्र– छात्राहरुलाई कम्बल वितरण समेत गरिएको छ । कम्बल पाउनेहरुमा सबै राजविराज ६ स्थित बहिरा बालक स्कुलका छात्र–छात्राहरु हुन् ।
समावेशी अपाङ्गता संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झाका अनुसार राजविराज नगपालिकाको सहयोगमा बौद्धिक अपाङ्गता भएका विपन्न समुुदायका छात्र छात्राहरुलाई कम्बल संगै शारिरीक अशक्त भई कष्टकर जीवन विताउन बाध्य भएका २ जनालाई ह्विल चेयर र बाल्टीन समेत प्रदान गरीएको छ ।
अशक्तहरुको जीवन सहज होस भन्ने उद्देश्यले उक्त सहयोग गरीएको कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी राजविराज नगरपालिकाका समाजीक विकाश शाखा अधिकृत अनिता चौधरीले बताईन ।
शारिरीक रुपमा अशक्त तथा चिसोबाट बढी प्रभावित गरिब, विपन्न, असहाय परिवारको सुची तयार पारी आवश्यक्ता अनुसार ह्विल चेयर, अन्य उपकरण तथा न्यानो कपडा वितरण गर्ने योजना बनाइएको बौद्धिक अपाङ्गता संघ सप्तरीका अध्यक्ष शम्भु चौरसीयाले बताए ।
आयोजक संस्थाका प्रतिनिधी नरेश चौधरीद्वारा संचालित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी, बैद्यनाथ झा, नेपाल प्रत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, बौद्धिक अपाङ्गता संघका उपाध्यक्ष महेश कुमार ठाकुरले पनि शुभकामना दिदै शारिरीक रुपमा अशक्त भएका नागरिकहरुलाई कुनै भेदभाव नगरी घर परिवार, समाज र राष्ट्रले उचित सम्मान दिनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ