News Category 2080/08/19
पिएम कप महिला क्रिकेट छनोट खेलमा राजविराज बिजयी
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
पिएम कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनोट प्रतियोगिता तथा त्रिकोणात्मक सिरिजमा राजबिराज महिला क्रिकेट टिम बिजय भएको छ ।
राजबिराजले खडक कुईनसलाई ८३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । सोमवार राजबिराजस्थित सप्तरी क्रिकेट संघ र सबल नेपालको संयुक्त आयोजनामा उदघाटन खेलमा राजबिराज च्यामले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय ६० रनको योगफल खडा गरेको थियो ।
जसमा साक्षी यादबले उत्कृष्ट ब्याटिंग गर्दै ११ चौकाको मदतले ५९ रन अविजित खेलेका थिईन । यसैगरी निसम चौधरीले ३१ रन साक्षी देवले रन जोडेकी थिइन ।
यता बलिङतर्फ खडक कुईनसका आरती रामले २ बिकेट हात पारेका थिए । जवाफमा खडक कुईनले २० ओभरमा सबै बिकेट गुमाई ७७ रन मात्र बनाउन सके, जसमा अन्जिली चौधरीले १२ रन बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेनन् ।
ञबलिङतर्फ राजबिराजका दिपा रामले उत्कृष्ट बलिंग गर्दै ४ ओभर दुई मेडन ५ रन दिएर ४ बिकेट, साक्षी यादब, सितल चौधरी, आकृती मण्डल समान्य १÷ १ बिकेट हात पारेकी थिइन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजबिराज च्यामका साक्षीले प्लेयर अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
उक्त प्रतियोगिताको एक कार्यक्रम बिच राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले ब्याटिङ र नगरपालिका प्रवक्ता तथा वडा ८ का अध्यक्ष जयनारायण मण्डलले बलिङ तथा वडा ६ का अध्यक्ष शशी चौधरीले किपिंग गर्दै खेलको उद्घाटन गरेका थिए ।
यस प्रतियोगिता वाट पुस १ देखि काठमाडौमा हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोटका लागि मंसिर २४ देखि प्रादेशिक महिला क्रिकेट टिममा सहभागिताका लागि सप्तरी जिल्ला महिला क्रिकेट टिम छनोट गर्ने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ