News Category 2080/08/23
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको राजविराज नगरपालिका १० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले सुरु गरेको १० हजार हस्ताक्षर संकलन गर्ने अभियान तेश्रो दिनपनि जारि छ ।
सप्तरी युथ नेपालले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियान सुरु गरेको हो ।
सवा दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो प्रतिष्ठानको निर्माण कार्य सुरु गर्नुपर्ने मागसहित आन्दोलमा उत्रिका युवाले हस्ताक्षर अभियान सात दिनसम्म चलाउने आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
हस्ताक्षर अभियानबाट पनि माग उपर सुनवाइ नभए तेस्रो चरणको आन्दोलनका थप कार्यक्रमहरू घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले जानकारी दिनुभयो । प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न माग गर्दै युवाले यसअघि पहिलो चरणमा ¥याली, सिट्टी जुलुस, धर्ना, दिउँसै टर्च बालेर प्रदर्शन लगायतका कार्यक्रम गरिसकेका छन् ।
प्रतिष्ठान निर्माण सुरु गर्न माग गर्दै विगत ५८ दिनदेखि सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणस्थलमा नै स्थानीयले रिले अनशनसलाई निरन्तरता दिइरहेका छन् । सरकारले अझै चासो नदेखाएको भन्दै युवाले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् ।
हस्ताक्षर अभियानको तेश्रो दिन ४ हजार ५ सय जनाले समर्थन जनाई ब्यानरमा हस्ताक्षर गरेको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ