News Category 2080/08/23
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको राजविराज नगरपालिका १० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले सुरु गरेको १० हजार हस्ताक्षर संकलन गर्ने अभियान तेश्रो दिनपनि जारि छ ।
सप्तरी युथ नेपालले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियान सुरु गरेको हो ।
सवा दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो प्रतिष्ठानको निर्माण कार्य सुरु गर्नुपर्ने मागसहित आन्दोलमा उत्रिका युवाले हस्ताक्षर अभियान सात दिनसम्म चलाउने आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
हस्ताक्षर अभियानबाट पनि माग उपर सुनवाइ नभए तेस्रो चरणको आन्दोलनका थप कार्यक्रमहरू घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले जानकारी दिनुभयो । प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न माग गर्दै युवाले यसअघि पहिलो चरणमा ¥याली, सिट्टी जुलुस, धर्ना, दिउँसै टर्च बालेर प्रदर्शन लगायतका कार्यक्रम गरिसकेका छन् ।
प्रतिष्ठान निर्माण सुरु गर्न माग गर्दै विगत ५८ दिनदेखि सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणस्थलमा नै स्थानीयले रिले अनशनसलाई निरन्तरता दिइरहेका छन् । सरकारले अझै चासो नदेखाएको भन्दै युवाले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् ।
हस्ताक्षर अभियानको तेश्रो दिन ४ हजार ५ सय जनाले समर्थन जनाई ब्यानरमा हस्ताक्षर गरेको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ