News Category 2080/08/24
राजगढ गाउँपालिका आफ्नै भवनमा

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सप्तरीको राजगढ गाउँपालिका आइतबार आफ्नै भवनमा सरेको छ । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले एक समारोहबीच रिवन काटेर आफ्नो पालिका भवनको उद्घाटन गर्दैै आफ्नै भवनमा सरेको हो ।
पूर्व गाउँपालिका अध्यक्ष परमान्द यादवले उक्त भवनका लागि वडा नं. ३ मा ५ कठ्ठा १४ धुर जग्गा दिएका थिए । ११ कोठाको दुई तल्ले भवन ५ करोड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजय यादवले जानकारी दिए ।
तुलसी भक्त कन्स्ट्रक्सनले उक्त भवनको टेन्डर पाएको २ वर्ष ६ महिनामा पुरा गरेको र डिपिआर ४ तल्लेको भए पनि तत्काल गाँउपालिकाले दुई तल्लाको मात्रै टेन्डर गरेको उनले बताए ।
भवन उद्घाटन समारोहमा गाउँपालिकाको उपाध्यक्ष रेणु कुमारी मण्डल, ६ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ