News Category 2080/08/24
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
नेवि संघ सप्तरीले गजेन्द्र नारायण सिंह अस्पतालको बेतिथि, भ्रष्टाचार, कर्मचारी र डाक्टरको लापरवाहीले गर्दा दिनानुदिन जनताले पाउनु पर्ने सेवा सुविधामा लापरवाही भइरहेको आरोप लगाएको छ ।
नेवि संघका जिल्ला अध्यक्ष रोकश ठाकुरले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख गर्दै अस्पताल सुधारका लागि चार बुँदे माग उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा सुविधा सम्बन्धी तीन महिनाको सम्पूर्ण जानकारी उपलब्ध गराउन, अस्पतालको डाक्टरहरु सरकारी समयअनुसार १० बजेदेखी २ बजेसम्म बस्नु पर्ने समयमा नबसी प्राइभेट क्लिनिकहरुमा बस्दै गरेकोमा त्यसलाई सुधार गर्नु पर्ने, ज्यालादारी, करार कर्मचारीहरुको संख्या र सोको अवस्था र नयाँ पुरानो बारेमा तीन दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध तथा नाइट डियुटीको समयमा डाक्टरहरुको उपस्थिति नहुनु र गाइनोमा डाक्टर राती नहरनुको कारणसहित जानकारी गराउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
तीन दिन भित्र ती सुझावहरुलाई सुधार नगरिए नेवि संघ सशक्त संघर्ष गरि आन्दोलनमा जाने अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ