News Category 2080/08/24
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
नेवि संघ सप्तरीले गजेन्द्र नारायण सिंह अस्पतालको बेतिथि, भ्रष्टाचार, कर्मचारी र डाक्टरको लापरवाहीले गर्दा दिनानुदिन जनताले पाउनु पर्ने सेवा सुविधामा लापरवाही भइरहेको आरोप लगाएको छ ।
नेवि संघका जिल्ला अध्यक्ष रोकश ठाकुरले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख गर्दै अस्पताल सुधारका लागि चार बुँदे माग उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा सुविधा सम्बन्धी तीन महिनाको सम्पूर्ण जानकारी उपलब्ध गराउन, अस्पतालको डाक्टरहरु सरकारी समयअनुसार १० बजेदेखी २ बजेसम्म बस्नु पर्ने समयमा नबसी प्राइभेट क्लिनिकहरुमा बस्दै गरेकोमा त्यसलाई सुधार गर्नु पर्ने, ज्यालादारी, करार कर्मचारीहरुको संख्या र सोको अवस्था र नयाँ पुरानो बारेमा तीन दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध तथा नाइट डियुटीको समयमा डाक्टरहरुको उपस्थिति नहुनु र गाइनोमा डाक्टर राती नहरनुको कारणसहित जानकारी गराउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
तीन दिन भित्र ती सुझावहरुलाई सुधार नगरिए नेवि संघ सशक्त संघर्ष गरि आन्दोलनमा जाने अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ