News Category 2080/08/26
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राजविराज वडा नं. १० बिरोलमा शिलान्यास गरेर अलपत्र छाडिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूरु गर्न माँग गर्र्दै आन्दोलनरत यूवाहरुले मंगलवार संकलित १० हजार हस्ताक्षरसहित राजविराजमा प्रर्दशन गरेका छन् ।
लामो समयदेखि प्रतिष्ठान निर्माणको काम रोकिदा पनि वास्ता नगरेको भन्दै ७ दिन सम्म चलाइएको हस्ताक्षर अभियानको अन्तिम दिन मंगलवारसम्म संकलित १० हजार हस्ताक्षर गरिएको ब्यानरसहित प्रर्दशन गरिएको हो ।
सप्तरी यूथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा गरिएको प्रर्दशनमा यूवाहरुका साथै विद्यार्थी, जनप्रतिनिधी, राजनीति दलका स्थानीय नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रर्दशनपछि आयोजित कोण सभालाई राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, स्ववीयु सभापती रंजीत यादव, सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, आन्दोलन परिचालन समितिका अध्यक्ष सत्येन्द्र यादव लगायतले सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको कार्य अविलम्व सुरु नगरिए आन्दोलन सशक्त ढंगले अघि बढाउने चेतावनी समेत दिए ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सुचारु गराउन माँग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत असोज २६ देखि थालेको रिले अनशनलाई ६० औं दिन मंगलवार पनि निरन्तरता दिएका छन् । माँग पुरा नभएसम्म रिले अनशन चलिरहने संघर्ष समितिका संयोजक राम कुमार दासले जनाएका छन् ।
२०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ