News Category 2080/08/27
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीमा बैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छन् ।
राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी÷हेल्भेटास नेपालको सहयोगमा सुरक्षित बैदेशिक रोजगारका लागि प्रदेश र स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्यामा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिइएको छ ।
बैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी÷ हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले बताए ।
उनले भने ६ बर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रूपैया क्षतिपुर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या सामाधान गरिएको छ भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रूपैया क्षतिपुर्ति दिलाउन सफल भएको जनाइएको छ ।
कार्यक्रममा सामी÷हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उपलब्धीमूलक बनाउन र ठगी मुक्त बनाउन सबैको दायित्व रहेको जिकिर गरे ।
आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्ने तर हरेक गाउगाउमा एजेन्टहरूको बिगबिगी र ठगी बढेको बताउदै बैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानिय सरकार गम्भिर गम्भीर बन्नुपर्नेमा जोड दिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ