News Category 2080/08/27
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
राजविराज नगरपालिका वडा नं. १६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीलाई कुटेर घाइते बनाएपछि बुधबार सो विद्यालयका सम्पूर्ण विद्यार्थीहरु आन्दोलित भई सडकमा उत्रेका छन् ।
मनपरि लिएको शुल्क वापतको रसिद माग्दा प्रधानाध्यापक रमानन्द सुनरैत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव मिलेर कक्षा १० मा अध्ययनरत विकास मण्डल र रोशन साहलाई कुटेर घाइते बनाएका हुन् ।
अघिल्लो दिन मंगलबार भएको घटनामा घाइते भएका दुबै जनाको स्थानीय गजेन्द्र नारायाण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
मण्डल र साहलाई प्रअ सुनरैत र व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयको एउटा कोठमा थुनेर रड र लठ्ठीले पैतालादेखि अनुहारसम्ममा कुटेको उनका सहपाठीहरुले बताएका छन् ।
अध्यक्ष र प्रअलाई निलम्बन गरी कडा कारवाही हुनु पर्ने माग गर्दै विद्यार्थीहरुले राजविराजमा दिनभरी प्रर्दशन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय र राजविराज नगरपालिका कार्यालय अगाडी एक घण्टा धर्ना दिई नाराबाजी समेत गरेका छन ।
आक्रोशित विद्यार्थीहरुले प्रअ र व्यवस्थापन समितिका अध्यक्षको पुत्ला दहन गर्नुका साथै बजार क्षेत्रमा एक घण्टा चक्का जाम समेत गरे । उनीहरुले विद्यालयको विभिन्न शिर्षकमा सरकारले तोकेको शुल्क भन्दा तेब्बर शुल्क लिने गरेको र रसिद माग्दा नदिएको विषयमा विरोध गर्दा अध्यक्ष र प्रअले कोठामा थुनेर निर्घात कुटपीट गरेको गुनासो गरेका छन ।
प्रअ सुनरैत र अध्यक्ष यादवले भने आफुहरुले विद्यार्थीसंग त्यस्तो कुनै व्यवहार नगरेको दाबी गरेका छन । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले विद्यार्थीहरुबाट आएको गुनासा उपर आवश्यक छानवीन थालिएको र दोषी पाइएका माथि कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाईने जनाएकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ