News Category 2080/08/28
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई कारवाहीको माग गर्दै बिहीबार आन्दोलरत विद्यार्थीहरुले राजविराज नगरपालिकाको कार्यालयमा ढुंगामुढा गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
मनपरी शुल्क असुल गरेको विरोधमा आवाज उठाउँदा दुबै मिलेर दुई जना विद्यार्थीलाई निर्घात कुटपीटि गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले दोश्रो दिन प्रदर्शनसहित राजविराज नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् ।
आक्रोसित विद्यार्थीहरुले ढुंगामुढा गर्दा नगरपालिका कार्यालयको दुई वटा झ्यालको शिशा फुट्नुका साथै कार्यालय परिसरमा राखिएको पूmलको गमलाहरुमा क्षति पुगेको छ ।
स्थानीय नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका कक्षा १० मा अध्यनरत विद्यार्थी विकास कुमार मण्डल र रोशन साहलाई दुई दिन अघि विद्यालयले मनपरि शुल्क वसुलेको बारे आपत्ती जनाउँदा प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले निर्घात कुटपिट गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यार्थी कुट्ने प्रअ र व्यवस्थापन समितिका अध्यक्ष दुबै माथी कडा कारवाहीको माँग गर्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका हुन । आक्रोसित विद्यार्थीहरुले नगरपालिकामा ढुंगामुढा गर्नुका साथै मुल गेटमै दुई घण्टा धर्ना तथा टायर बालेर प्रर्दशन समेत गरेका छन् ।
परिक्षाको रजिष्टे«शन शुल्क वापत कक्षा ९ को ३ सय र कक्षा १० का लागी ५ सय रुपैया राजश्व बुझाउने प्रावधान रहेपनि सो विपरित विद्यार्थीहरुबाट १ हजार देखि १ हजार ४ सय रुपैया सम्म जवरजस्ती वसुल गरिएको र सो बारे प्रश्न उठाउँदा आफुहरु कुटिएको घाइते भएका विद्यार्थी विकास मण्डलको भनाई छ ।
नगरपालिकामा ढुंगामुढा तथा मुल गेटमै विद्यार्थी धर्नामा वसेपछि कार्यवाहक नगर प्रमुख इसरत परवीनले आन्दोलनकारीहरु संग वार्ता गरी समस्या समाधानको प्रयास गरेकी छिन् । उनले घटनाबारे छानवीन थालिएको तथा शुक्रवार दुबै पक्षलाई राखी निकास निकाल्ने प्रतिबद्धता जनाएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।
यसबीच विद्यार्थीहरुले नगरपालिकामा धर्नापछि प्रअ र अध्यक्षलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ