News Category 2080/08/28
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
वैदेशिक रोजगारीका कारण समाजमा पारेको विभिन्न सकारात्मक र नकारात्मक पक्ष बारेमा जानकारी दिने उद्देश्यले यहाँ विहीवार एक कार्यक्रमको आयोजना गरिएको छ ।
मधेशी एकता समाजले “मधेशबाट श्रमआप्रवासन र समाजिक, आर्थिक, राजनैतिक आयाम” विषयक आयोजना गरेको विचार मन्थन कार्यक्रममा विभिन्न समाजिक अभियन्ताहरुले बैदेशिक रोजगारको दुबै पक्षबारे विश्लेषण गरे ।
टोल र गाउँ नै खाली हुने गरी दैनिक सयौ नेपालीहरु विभिन्न देशमा रोजगारीका लागी जाने गरेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन उनीहरुले कार्यक्रम मार्फत विभिन्न सुझाव समेत दिएका छन् ।
कार्यक्रममा मधेशी एकता समाजका संस्थापक डा.रविन्द्र कुमार यादव, समाजिक अभियन्ता भोला पासवान, राकेश मिश्रा, डा. बवि सिंह यादव, पत्रकार एवं अध्येता जनकराज सापकोटा, चिन्तक सिकेलाल, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन लगायतले. मधेश प्रदेशबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या बढी रहेको भएपनि त्यसको सबै परिणाम सकारात्मक मात्र नरहेको वास्तविक्ता औल्याए ।
कार्यक्रममा पत्रकार एवं अध्येता जनकराज सापकोटाले वैदेशिक रोजगारका क्रममा सरदर दैनिक जसो १ जना मधेशका यूवाको निधन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय, प्रदेश र संघिय गरि तीन वटै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
समाजिक अभियन्ता भोला पासवानले विगतका वर्षहरु भन्दा यता आएर मधेशका यूवाहरुको वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने संख्या अझै बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यस्तो घटना रोक्न सरोकारवाल निकायहरु सक्रिय बन्नु पर्नेमा जोड दिए ।
चिन्तक सिकेलालले वैदेशिक रोजगारबाट पक्कि घर, सवारी साधन, जग्गाजमिन, पसल लगायतका साधन जोडिनुलाई सकारात्मक मानिए पनि यसबाट आउने पारिवारिक कलह, विग्रह, पैसाका लागी भैm–झगडा, सम्बन्ध विच्छेद तथा मृत्यु समेत हुने गरेको कुरालाई विर्सन नसकिने बताए ।
सीप र सुचना नलिई वैदेशिक रोजगारीमा गएका कारण पनि धेरै नेपाली अलपत्र पर्ने र असुरक्षित हुने गरेको उनको भनाई छ । आयोजक संस्थाका संस्थापक डा.रविन्द्र कुमार यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउन सहि सुचना र सिप आवश्यक रहेको बताए ।
कार्यक्रममा वैदेशिक रोजगारी जाँदा कागज पत्र, सिपको महत्व, इजाजत प्राप्त म्यान पावर कम्पनी तथा स्थानीय, प्रदेश र संघीय सरकारले खेल्नु पर्ने भुमिका लगायतका विषयमा ब्यापक छलफल भएको आयोजक संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ