News Category 2080/08/30
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
राजविराज÷ट्युसन पढ्नका लागि चार दिन अघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् ।
घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका उनी हालसम्म फर्केर नआएपछि चिन्तामा डुबेका परिवारजनले खोजि गरिदिनहुन अपील गरेका छन् ।
१८ वर्षिय एक मात्र छोरा सम्पर्क बिहीन भएपछि आमा रिना र बुबा उपेन्द्रले खोजि कायृमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । आफूहरु काम विशेषले बिराटनगर गएको बेला बुधबार घरमा रहेका छोरा गृषले दिदी हेमालाई ट्युसन पढ्न जान्छु भन्दै निस्केको र हालसम्म फर्कि नआएको देव दम्पत्तिले सुनाए ।
शिक्षक शशिशंकरले भने सो दिन गृष आफूकहाँ ट्युसन पढ्न नआएको जनाएका छन् । गृषका परिवारजनले छोरा वेपत्ता भएको बारे प्रहरीमा समेत जानकारी गराई अवस्था पत्ता लगाईदिन आग्रह गरेका छन् ।
राजविराजस्थित मिशन कलेजमा कक्षा १२ मा अध्ययनरत गृषले बोक्ने मोबाइल भने घरमै फेला परेको तथा अनुसन्धानका लागि माग गरेकाले प्रहरीलाई बुझाइएको गृषका बुबा उपेन्द्रले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले गृष परिवारजनको सम्पर्क बाहिर पुगेको जानकारी प्राप्त भएको भन्दै खोजि कार्य भइरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ