News Category 2080/08/30
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता

राजविराज÷ट्युसन पढ्नका लागि चार दिन अघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् ।
घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका उनी हालसम्म फर्केर नआएपछि चिन्तामा डुबेका परिवारजनले खोजि गरिदिनहुन अपील गरेका छन् ।
१८ वर्षिय एक मात्र छोरा सम्पर्क बिहीन भएपछि आमा रिना र बुबा उपेन्द्रले खोजि कायृमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । आफूहरु काम विशेषले बिराटनगर गएको बेला बुधबार घरमा रहेका छोरा गृषले दिदी हेमालाई ट्युसन पढ्न जान्छु भन्दै निस्केको र हालसम्म फर्कि नआएको देव दम्पत्तिले सुनाए ।
शिक्षक शशिशंकरले भने सो दिन गृष आफूकहाँ ट्युसन पढ्न नआएको जनाएका छन् । गृषका परिवारजनले छोरा वेपत्ता भएको बारे प्रहरीमा समेत जानकारी गराई अवस्था पत्ता लगाईदिन आग्रह गरेका छन् ।
राजविराजस्थित मिशन कलेजमा कक्षा १२ मा अध्ययनरत गृषले बोक्ने मोबाइल भने घरमै फेला परेको तथा अनुसन्धानका लागि माग गरेकाले प्रहरीलाई बुझाइएको गृषका बुबा उपेन्द्रले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले गृष परिवारजनको सम्पर्क बाहिर पुगेको जानकारी प्राप्त भएको भन्दै खोजि कार्य भइरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ