News Category 2080/08/30
आफूलाई बदनाम गर्न श्रृंखलाबद्ध रुपमा गलत सुचना प्रवाह ः अध्यक्ष यादव

राजविराज÷सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले केही विपक्षीहरुले सामाजिक सञ्चालको दूरुपयोग गर्दै श्रृंखलाबद्ध रुपमा गलत सुचना प्रवाह र अफवाह फैलाउने काम गरिरहेको गुनासो गरेका छन् ।
गाउँपालिका कार्यालयको सभाकक्षमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले गुनासो पोख्दै आफु विरुद्ध विपक्षीले फैलाउने गरेको अफवाह प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।
उनले केही दिन अघि स्थानीय एक विपक्षीले आफु माथी मोवाईल र नगद लुटपाट गरेको झुटो आरोप सहित प्रहरीमा उजुरी दिने प्रयास गरेको र सो विषयलाई समाजिक सञ्जाल मार्फत समेत बढाई चढाई प्रचारबाजी गरी आफ्नो चरित्र हत्यको प्रयास गरेको दाबीका साथ आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको बताए ।
कहिले कार्यालयको गाडी दुर्घटनामा पर्दा त कहिले स्थानीय ब्यक्तीहरुबाटै दुब्र्यवहार हुदा ती विपक्षीले झुठो प्रचारबाजी संगै सोझै आफु माथी भ्रामक प्रचारबाजीमा लाग्ने गरेको उनको भनाई छ ।
गाउँपालिकाको विकासका लागी जोश जाँगरका साथ जुटेका वेला समय समयमा फैलाइएने यस्ता अफवाहरुले आफुलाई निराश तुल्याउने गरेपनि विचलीत भने नभएको र जनताको साथ सहयोगबाट अघि बढीरहेको उनको भनाई छ । उनले यसरी अफवाह फैलाउने ब्यक्ती आफुले पद सम्हाले देखि नै विभिन्न विषयम झुटो आरोप लगाउने गरेको बताए ।
उनले आफुलाई असफल बनाउन र गाउँपालिकालाई कालो सुचीमा पार्न विपक्षी लागी परेको जनाउदै त्यस्तालाई गाउपालिकाको हितमा नमुना काम गरेर परास्त पारेरै छाड्ने दृढता ब्यक्त गरे ।
आफुलाइ बदनाम गर्ने नियतले झुठा प्रचारबाजीमा उत्रेकाहरु उपर छानवीन र कारवाही हुनु पर्ने उनले मागँ समेत गरेका छन् ।
एक अर्काे प्रसंगमा उनले छोटो समय मै कर्मचारी सरुवा हुनु र सो ठाउँका अर्काे कर्मचारी ल्याउन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता रहेको बताउदै यस्तो रवैयाले कार्यालयको दैनिकी कामकाज मात्र नभई विकास निर्माणका काम समेत प्रभावित हुने गरेको सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ