News Category 2080/08/30
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ

राजविराज÷कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको बताएका छन् ।
शनिबार नेपाल काँग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले प्रतिष्ठानको काम अघि बढाउन आवश्यक पर्ने कानुन छिट्टै कार्यान्वयनमा आउने जनाए ।
राजविराजमा सवा दुई वर्ष अघि शिलान्यास गरि अलपत्र अवस्थामा रहेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न आफूले आवश्यक पहल गरिरहेको जानकारी दिँदै प्रतिष्ठानका लागि कानुन बनाउन विधेयक आवश्यक पर्ने हुँदा सम्बन्धीत मन्त्रालयका मन्त्रीलाई छिट्टै विधेयक ल्याउन ताकेता गरिरहेको बताए ।
उनले सम्बन्धी मन्त्रालयका मन्त्रीबाट आएको विधेयक मन्त्रिमण्डलमा जाने र त्यहाबाट अनुमोदन भई संसदमा पुग्ने प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
विधेयक समितिका सभापति समेत रहेका मन्त्री गुरुङले संसदले अनुमोदन गरेपछि उक्त बिधेयक आफ्नो समितिमा आउने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने समेत स्पष्ट पारेका छन् ।
नेपाली काँग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङकस्ले पार्टी संगठन बलियो बनाउन गत निर्वाचनमा जितेका र पराजित भएकाबीच कुनै भेदभाव नगरि समान ढंगको ब्यवहार र सँगै लिएर जानु आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, केन्द्रिय सदस्य प्रकाश रसाइली, पार्टीका सप्तरी सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको पनि उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ