News Category 2080/09/02
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
लोप हुँदै गएको लोक नृत्यलाई सम्वद्र्धन र संरक्षण गर्ने उद्देश्यले राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता २०८० हुने भएको छ ।
सप्तरी कलाकार संघ नेपालले आयोजना गर्न लागेको सो लोक नृत्य माघ ६ गते राजविराजस्थित शिवशंकर सिनेमा हलमा हुने आयोजक संस्थाका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिएका छन् ।
उक्त लोक नृत्यमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, विभिन्न संघ संस्था लगायतले सहभागिता जनाउने उनले बताए । मैथिली लोक नृत्य अन्तरगत झिझिया लोक नृत्य, समाचकेवा लोक नृत्य, डोम कक्ष नृत्य, सरस्वती बन्दना नृत्य र जाटजाटिन लोक नृत्य तथा नेपाली र थारु भाषाका लोक नृत्यहरुलाई प्राथमिकतामा राखिएको छ ।
यस प्रतियोगिताका लागि पुस २ गतेदेखी २१ गतेसम्म आवेदन फारम खुल्ला गरिएको तथा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ५० हजार तथा तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार समेत प्रदान गरिएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ