News Category 2080/09/08
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरीको सुरूङ्गा नगरपालिकामा सबल नेपालले शिक्षा, स्वास्थ र कृषीमा सहयोग पु¥याएपछि समुदायमा मुहार फेरिदै गएको छ ।
सुरूङ्गा नगरपालिका ८ महुलियाको राष्ट्रिय आधारभुत बिधालयको कक्षाको मर्मत सम्भार, बालबिकासको शैक्षिक सामग्री, टिफिन बक्स र खाजा खाने केन्टिन, शुद्व खानेपानी ब्यबस्थापन लगायतमा सहयोग पु¥याएपछि बिधालयको मुहार फेरिएको हो ।
गुणस्तरिय शिक्षामा टेवा पु¥याउन बिधालयमा बालवालिकाहरूलाई टिकाउन र बिकाउनका लागी सबल नेपालले शैक्षिक सामग्री, सरसफाई, चर्पी सुधार, कक्षा कोठामा लो हाईट टेवलको ब्यबस्था, कक्षामा लेख्नु वोर्ड मार्कर, दैनिक रूपमा हाजरीको ह्वाईट बोर्ड ब्यबस्थापन सहयोग गरेपछि बिधालयको शैक्षिक अबस्था सुधार हुँदै गएको बिधालयका प्राधानाध्यापक नरिसंह चौधरी बताउछन ।

सबल नेपाल र सेभद चिल्ड्रेनको साझेदारी तथा सुरूङ्गा नगरपालिकाको सम्झदारीमा संचालित समुन्ती कार्यक्रम अन्तर्गत नगर कार्यक्रम सल्लाहाकार समितिद्वारा संयुक्त अनुगमन कार्यक्रममा बिधालयहरूले सो जानकारी दिइएको हो ।
यस्तै वडा नं. ८ कै आधारभुत बिधालय मलहनमाको बिधालयको रंगरोवन, शुद्व पानीको ब्यबस्थापन, बालबिकासमा पठनपाठनको लागी शैक्षिक सामग्री, वालमैत्री चर्पी, अपाङमैत्री चर्पि लगायतमा सहयोग गरेको छ ।
बिधालयको भौतिक पुर्वाधार, गुणस्तरिय शिक्षामा सुधार ल्याउन शैक्षिक सामग्री सहयोग तथा कक्षा ब्यबस्थापनमा पु¥याएको योगदानले वालवालिकाको शिक्षण सिकाईमा टेवा पुग्ने अनुगमनमा सहभागी प्रमुख प्रशासकिय अधिकृत भिमराज कोईरालाले बताए ।
उक्त टोलीले सुरूङ्गा नगरपालिका १ स्थित स्वास्थ चौकी पिप्रा पश्चिममा सबल नेपालले स्वास्थ सेवामा सहज बनाउन बरथिंग सेन्टर संचालनका लागि चाहिने स्वास्थ सामग्री सहयोग गरेपछि नियमित संचालन आएको सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले बताउछन ।
स्वास्थ सामग्री प्रदान गरेपछि अहिले स्वास्थ चौकीमा २४ घण्टा सुत्केरी सेवा संचालन आएको स्वास्थ चौकी ईन्चार्ज सचिन चौधरीले जानकारी दिए । चालु आ.ब. मा प्रत्येक महिना ९ देखि १० जना सम्म डेलिभरी सेवा लिन आउन गरेको उनले बताउँदै उदयपुर गडी गाउपालिका र त्रियुगा नगरपालिकाबाट पनि सेवा लिन आउने गरेको उल्लेख गरे ।
सबल नेपालले बर्थिंग संचालन गर्न बेड, ट्रली, ड्रेसिंग, प्केट, एनसि चेक अपलबेड, डेलिभरी बेड, दराज, शुद्व पानी ब्यबस्थापन गर्न समेत डेलिभरी गराउन चाहिने सम्पुर्ण सामग्री सहयोग गर्दै आएको सबल नेपालका अध्यक्ष जुना गिरीले बताईन ।
सुरुङ्गा नगरपालिकाले २ को कमलपुरस्थित चन्द्रमुखी कृषक समुहले सामुहिक तरकारी खेती भाण्टा, धनिया, फुलकोबी बार्षिक डेढ लाखदेखि ६ लाख आम्दानी हुने गरेको समुहका सदस्य जितेन्द्र प्रसाद यादबले बताउछन ।
उक्त अनुगमन टोलीमा सुरूङ्गा नगरपालिका ४ का वडा अध्यक्ष देवेन्द्र चौधरी, वडा ८ का श्याम साह, वडा २ का छत्र बहादुर राउत, स्वास्थ संयोजक दशन चौधरी, सहसंयोजक भूषण सुनरैत यादब, शिक्षा अधिकृत हिरालाल राणा, महिला तथा वालवालिका शाखा प्रमुख रिंकु यादब, सबल नेपाल अध्यक्ष जुना गिरी, फिल्ड अधिकृत अर्चना यादब, बाल संजालका सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ