News Category 2080/09/13
खडक बालविवाह मुक्त पालिका
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको खडक नगरपालिकालाई शुक्रबार बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । बालविवाह मुक्त घोषणा हुने खडक जिल्ला तथा मधेश प्रदेशकै दोश्रो पालिका हो । यसअघि सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको थियो ।
मधेश प्रदेशका शिक्षा एवं सँस्कृति मन्त्री महेश प्रसाद यादवले शुक्रबार आयोजित एक समारोहबीच खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री महेश यादवले बालविवाह मुक्त पालिका घोषणा लेखिएको ब्यानर अनावरण गरेर खडक नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरे ।
नगरपालिकाका मेयर जयप्रकाश चौधरीले बालविवाह मुक्त पालिका घोषणा गर्न नगरका सबै ११ वटै वडामा गरिएका विभिन्न कार्यक्रम र अभियानका क्रममा स्पष्ट सूचक प्राप्त भएकाले त्यसैकै आधारमा यस्तो घोषणा गरिएको बताए ।
सो अवसरमा मन्त्री यादवले सप्तरी आफ्नो गृहजिल्ला समेत भएको तथा प्रदेशमै बालविवाह मुक्त घोषणा हुने पहिलो र दोश्रो दुबै पालिका सप्तरीकै हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले भविष्यमा सप्तरी बालविवाह मुक्त पहिलो जिल्ला बन्न समेत सफल होस् भन्ने शुभकामना दिए । उनले आफू मधेश प्रदेशलाई नै बालविवाह मुक्त प्रदेश बनाउन चाहेको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
मेयर जयप्रकाश चौधरीले यसअघि नगरभित्रका ४१ सामुदायिक विद्यालय, १६ वटा आमा समूह, ११ वटा स्वास्थ्य चौकी, ३ वटा कृषक समूह र ५० वटा बालक्लब तथा नगर संजालले आ–आफ्नो स्थानबाट बालविवाह बिरुद्धको चेतनामूलक कार्यक्रमहरु अभियानकै रुपमा संचालन गरेको बताए ।
यस्तै पालिकामा बसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी तथा अभिभावक समेतले सन्तानको २० वर्ष नपुगि विवाह नगर्ने गराउने, कतै भए रोक्ने र बहिष्कार गर्ने लगायतका प्रतिबद्धता समेत गरेको उनले बताए ।
उक्त पालिकामा ९ हजार ४ सय ३२ घरधूरी रहेको छ । प्रत्येक घरधुरीमा घरदैलो कार्यक्रम मार्फत समेत सचेतना कार्यक्रम गरिएको अभियानका सहयोगि संस्था सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताए ।
घोषणा सभामा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले बालविवाह मुक्त नगगरपालिका घोषणा प्रतिवेदन २०८० प्रस्तुत गरे । घोषणासभाको बीचबीचमा विभिन्न विद्यालयका बालबालिकाहरुद्वारा सचेतनामूलक नृत्य, गित तथा नाटक प्रस्तु गरिएको थियो ।
खडक नगरपालिकाले २०८० साल भित्र बालबाविवाह मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ सबल नेपाल र सेभ द चिल्ड्रेनको सकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै ११ वटै वडामा बालविवाह बिरुद्धको बृहत अभियान नै संचालन गरेको थियो ।
नगर प्रमुख चौधरीको अध्यक्षतामा आयोजित घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, नगर बाल संजालकी अध्यक्ष मन्जुला कुमारी साह, सेभ द चिल्ड्रेन मधेश प्रदेशका प्रमुख धन भुषाल, सबल नेपाल सप्तरीका अध्यक्ष जुना गिरी, पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सुरुङ्गा नगरपालिकाका मेयर गिता चौधरी लगायतले बधाई तथा घोषणाको सफल कार्यान्वयनका लागि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ