News Category 2080/09/15
रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान
राजविराज÷राजविराजमा शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्लास्थित अस्पतालहरुमा उपचारका लागि आउने बिरामीहरुलाई रगतको अभाव हुने भएकोले प्रहरीको अगुवाईमा रक्तादन गरिएको हो ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र नेपाल रेडक्रस सोसायटी शाखाद्वारा संचालित जिल्लाको एक मात्र रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भएपछि प्रहरीले बृहत रक्तदान कार्यक्रम संचालन गरेको छ ।
राजविराजस्थित गजेन्द्र चौकमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आयोजित रक्तदान कार्यक्रमको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाने, सुरक्षाकर्मी, सप्तरी युथ नेपाल, सिद्धार्थ गोतमबुद्ध यातायात सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतका समेत गरि ४५ जनाले रक्तदान गरेका छन् ।
नेपाल प्रहरीका सर्वाधिक २९ जना छन् । यस्तै रक्तदान गर्नेमा सशस्त्र प्रहरीका ४ र विभिन्न संघसंस्थाबाट दुई महिलासहित १२ जना रहेका छन् ।
रेडक्रस र रक्तसंचार सेवा केन्द्रले सो बारे जानकारी गराएपछि रगतको अभावमा कुनै पनि व्यक्तको ज्यान नजाओस् भन्ने उद्देश्यले बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नेउपानेले बताए ।
रक्तदानको महत्व बारे सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यले पनि चिसो मौसमका बाबजुद हलभि नगरि कार्यक्रम सार्वजनिक र खुल्ला स्थानमा गरिएको प्रहरी उपरिक्षक बज्राचार्यको भनाई छ ।
चिसो बढेसँगै बढीरहेको रोग तथा जटिल प्रकृतीका बिरामीलाई आवश्यक पर्ने रगतको रक्तसंचार सेवा केन्द्रमा अभाव रहेको इन्चार्ज नविन झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ