News Category 2080/09/17
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
सशस्त्र प्रहरी बल नेपाल दन्कालि विषेश कार्य तालिम शिक्षालय बरमझियाले मंगलबार विपद्मा गरिने उदारकलाको प्रदर्शन गरेका छन् ।
फुसका तथा पक्की संरचना भएका घरहरुमा आगो दनदनी पैmलिरहेको अवस्था भागाभाग मच्चिदा सशस्त्र प्रहरीको युनिट उद्दारकलामा जुटिरहेको दृश्य देखाइएको थियो । आगलागीले एक पछी अर्काे घर जलिरहेको थियो । आगोले ३÷४ जना घाईते पनि भए । घाइतेको उद्दार संगै नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका युनिटले कोही आगो निभाउन व्यस्त थिए भने कोही उद्दारमा कुदेको कुदै थिए । यो काल्पनिक घटनाक्रम र उद्दारको प्रर्दशन मंगलवार शिक्षालयद्वारा सप्तरीको बरमझियामा गरिएको हो ।
शिक्षालयद्वारा आगलागीबाट हुने क्षती रोक्न तथा सो बेला अपनाउनु पर्ने विधीबारे गत मंसिर १७ गते देखि चलाइएको एक महिने तालिमको अन्तिम दिन यस्तो साँकेतिक अभ्यास र उद्दारकला प्रर्दशन गरिएको हो ।
प्राकृतिक तथा मानवीय कमीकमजोरीबाट हुने आगलागी जस्ता विपदको सामना पुर्व गर्नु पर्ने तयारी तथा विपद आइसकेपछि हुने सम्भावित क्षती न्यूनिकरण गर्ने उदेश्यले शिक्षालयमा रहेका विभिन्न युनिटका ४९ जना सशस्त्र प्रहरीलाई कलाकौशलले निपुण बनाइएको सशस्त्र प्रहरी बल नेपाल दन्तकालि विषेश कार्य तालिम शिक्षालयका समावेशक एवं बरिष्ट प्रहरी उपरिक्षक दिग विजय सुवेदीले बताए ।
जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको उल्लेख्य उपस्थितीका बीच शिक्षालयका एक महिने तालिम प्राप्तकर्ता सशस्त्र प्रहरीले आफ्नो क्षमता र कौशल देखाएका थिए ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिमका अन्य कार्यहरु पनि संचालन हुने शिक्षालयका सशस्त्र प्रहरी उपरिक्षक सुवेदीले बताए । उनले प्राकृतिक तथा मानवीय त्रुटीले ब्यवहारीक जीवनमा आईपर्ने घट्नाक्रमहरुको परिकल्पना गरी त्यस्ता विपदका बेला न्यूनिकरण,उद्दार र व्यवस्थापन संगै पूर्व तयारीबारे ज्ञान बाड्ने उदेश्यले एक महिने तालिम चलाइएको बताए । तालिमका सहभागीहरुलार्ई विपद पुर्व तयारी एवं परिचालन, विपद प्रतिकार्यमा खोज तथा उद्दार, विपद जोखिम न्यूनिकरण कार्ययोजनाको कार्यान्वयन, राहत भण्डारण, पीडितका लागी सुरक्षित वासस्थल, मानवीय सहायता लगायतका बारेमा ज्ञान प्रदान गरिएको शिक्षालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ