News Category 2080/09/18
मारवाडी यूवाद्वारा बृक्षारोपण

दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
मारवाडी युवाहरुले बुधबार १३ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा राजविराजमा विभिन्न जातका विरुवाहरु रोपेका छन् ।
राजविराजस्थित शहिद साकेत चन्द्र मिश्र स्मृति पार्कमा मारवाडी युवा मञ्च राजविराजको अगुवाईमा नीम, अशोक, धुपी, सल्लो, कपुर तथा विभिन्न फलफुल लगायतका बिरुवा रोपेका हुन।
बृक्षारोपण कार्यक्रममा मञ्चका अध्यक्ष आशिष जोशी, केन्द्रिय सदस्य विसान्त जैन, वडा अध्यक्ष सुभाष चन्द्र यादव, वडा सदस्य रमानन्द देव, राजविराज जेसिजका अध्यक्ष उज्वल काबरा, उपाध्यक्ष विक्रम काबरा र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
राजविराजको मुख्य बजार क्षेत्रमा रहेको सो पार्कको सौन्दर्यकरणका लागी विभिन्न जातका ७५ भन्दा बढी बिरुवा रोपिएको मञ्चका उपाध्यक्ष एवं प्रवक्ता होमेश काबराले बताए ।
सो अवसरमा वडा अध्यक्ष यादवले यसको संरक्षण गरी पर्यटकिय स्थल बनाउन साधन श्रोतले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ