News Category 2080/09/19
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष एडि लामाले सरकार निर्माण व्यवसायी मैत्री नबन्दा राम्रो काम गर्ने निर्माण व्यवसायीहरु समेत विभिन्न दुख कष्ट र झमेलाको सामना गर्नु परिरहेको बताएका छन् ।
निर्माण व्यवसायलाई सुरक्षित, मर्यादित र यसमा आबद्ध व्यवसायीहरुलाई विभिन्न ज्ञानबाट थप सुसज्जित गराउने उद्देश्यले राजविराजमा आयोजित दुई दिने कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिमको विहीवार समापन कार्यक्रमको अवसरमा प्रमुख अतिथीको आसन्नबाट उनले यस्तो बताएका हुन् ।
उनले विभिन्न कर नीति, निर्माण समाग्रीको बढ्दो मूल्य, बैंकको चर्को ब्याजदर तथा समयमै कामको भुक्तानी नहुनु लगायतका कारणले निर्माण व्यवसायी समस्यामा पर्ने गरेको भन्दै सरकारलाई निर्माण व्यवसायी मैत्री ऐन कानुन ल्याउन र सोही अनुसारको व्यवहार देखाउन ध्यानाकर्षण गराए ।
यस्तै सरकारले निर्माण व्यवसायी मैत्री नीति निर्माण गर्न नसक्दा आफुहरुको पेशाा संकटमा फस्दै गएको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् ।
निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष ऐनेश्वर दासको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्माण व्यवसायी महासंघको महासचिव रोशन दाहाल, उपमहासचिव शिवहरी घिमिरे, सह–कोषाध्यक्ष संतोष साह, केन्द्रिय सदस्य प्रमोद लामिछाने, नन्द किशोर साह, महासंघको मधेश प्रदेशका उपाध्यक्ष कैलाश प्रसाद यादव, जिल्ला महासचिव अमृतलाल साह, संघको पुर्व अध्यक्ष विजय दास, कामेश्वर लाल देव लगायतले पनि बोल्दै प्रशिक्षार्थीहरुलाई तालिममा प्राप्त ज्ञान ब्यवहारमा उर्तान सुझावका साथै सरकारलाई निर्माण व्यवसायी मैत्री ऐन, कानुन र नीति निर्माण गर्न आग्रह गरे ।
निर्माण व्यवसायी संघ सप्तरीको आयोजना तथा नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा दुई दिन सम्म संचालित तालिममा सप्तरीका ५५ जना निर्माण व्यवसायीहरु सहभागी भएका थिए । उनीहरुलाई इमेश गौतम र उज्वल खतिवडाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी लामाले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई कदरपत्रबाट सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ