News Category 2080/09/20
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते

दैनिक समाचारदाता
राजविराज, २० पुस ।
निर्माण व्यवसायी संघ सप्तरीको १३ औं वार्षिक साधारण सभा एवं अधिवेशनको उद्घाटन समारोह शुक्रबार सम्पन्न भएको छ ।
संघका वर्तमान अध्यक्ष एनेश्वर दासको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहको प्रमुख आतिथ्यमा आयोजित समारोहमा महासंघका प्रथम उपाध्यक्ष एडी लामा, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरी घिमिरे, मधेश प्रदेश उपाध्यक्ष कैलाश प्रसाद यादव, उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, जनमतका जिल्ला इन्र्चाज रामगमन साह, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिव नारायण साह लगायतले निर्माण व्यवसायीले भोग्नु परिरहेको पीडा समाधानका लागी राज्यले पहल गर्नू पर्नेमा जोड दिदै साधारण सभाको सफलताको शुभकामना दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका योगदान पु¥याए बापत संघको मधेश प्रदेश उपाध्यक्ष कैलाश प्रसाद यादव, संघको संस्थापक अध्यक्ष देवेन्द्र जोशी तथा पुर्व अध्यक्ष कामेश्वर लाल देवलाई प्रमुख अतिथी सिहले कदर पत्रबाट सम्मान गरिएको छ ।
यसैबीच सम्पन्न अधिवेशनले निर्वाचन मितिको टुङ्गो लगाएसंगै चुनावी सरगर्मीले निर्माण ब्यवसायी बीच माहोल तातेको हो । अगामी तीन वर्षे कार्यकालका लागी नयाँ नेतृत्वको चयन गर्ने भएकाले निर्माण व्यवसायीमा चुनावी सरगर्मीले माहोल तातेको छ ।
साधारण सभाले पुस २७ गते मनोनयन पत्र दर्ता तथा माघ ६ गते शनिवार निर्वाचन मिति तोकेको छ । संघमा करिब ३ सय ५० मतदाता छन । निर्वाचनका लागि संघका पूर्व अध्यक्ष रामअशिष प्रसाद साहको संयोजकत्वमा राजकुमार परियार र मो.फैयाज अंसारी सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । उक्त निर्माण समितिमा कानूनी सल्लाहकारमा सतिष कुमार दत्त रहेको संघले जनाएको छ ।
अध्यक्षसहित २१ पदका लागी हुने निर्वाचनको आवश्यक तयारी सुरु गरिसकेको वर्तमान अध्यक्ष एनेश्वर दासले बताए । उनले सदस्यता नविकरणका लागी पुसा २३ गते सम्म अन्तिम म्याद राखिएको र सो पछी आउनेको नविकरण नगरिने निर्णय भएको जानकारी पनि दिए ।
निर्वाचन समितीका संयोजक रामअषिश साहले निर्वाचनका लागी उम्मेदवारले पुस २७ गते मनोनयन पत्र दर्ता गराउने कार्यतालिका तय गरिएको जानकारी दिए । साधारण सभाको उदघाटन गर्दै प्रमुख अथिति नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सिंहले निर्माण व्यवसायीको पेशागत हकहितका लागी मिलेर जानु पर्ने नै उपयुक्त हुने र यसका लागी सर्वसम्मत र सहमतीबाट नयाँ नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए पनि सहमतिको सम्भावना भने न्यून रहेको र निर्वाचनबाटै यसको टुङ्गो लाग्ने लगभग निश्चित रहेको निर्वाचन गतिविधीलाई नजिकबाट नियाली रहेका निर्माण व्यवसायीहरु बताउँछन ।
नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा चर्चा र छलफल चलिरहेकै बेला वर्तमान प्रथम उपाध्यक्ष सतिष चन्द्र मिश्र, द्वितीय उपाध्यक्ष संंतोष दास, महासचिव अमृतलाल साह र अघिल्लो निर्वाचनमा महासचिवका प्रत्याशी रहेका भोगेन्द्र मिश्रले आपूm यस पल्ट अध्यक्ष पदका लागी उम्मेदवार बन्ने घोषणा सहित सक्रियता बढाएका छन् ।
मनोनयन दर्ताका दिन सम्म यस बाहेकका थप अध्यक्ष पदका नयाँ अनुहार पनि देखिन सकिने सम्भावना रहेको जानकारहरु बताउँछन् । सबैले निर्माण व्यवसायीले भोग्नु परिरहेको समस्या समाधान, संघलाई साझा संगठन बनाउने तथा निर्माण व्यवसायीको पेशागत हकहित र सम्मानका लागी काम गर्ने प्रतिबद्धता निर्माण व्यसायीहरु माझ राख्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ