News Category 2080/09/21
एक करोड मुल्य बराबरको गाजा बरामद
राजविराज÷सप्तरी प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि एक करोड मुल्य बराबरको १ हजार ६ किलो गाजा बरामद गरेको जानकारी दिएको छ । सप्तरी प्रहरीले यति ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध बरामद गरेको यो पहिलो पटक हो ।
बिशेष सूचनाको आधारमा प्रहरीले पूर्वपश्चिम राजगमार्ग अन्तरगत खडक नगरपालिका ७ कल्याणपुर खण्डमा शुक्रबार राती बालुवा गिटी बोक्ने को.१ख. ५८३१ नम्बरको टिपरलाई रोकेर चेकजाँच गर्दा बालुवा भित्र २८ वटा बोरामा लुकाइराखिएको १ हजार ६ केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
पक्राउ परेका टिपर चालक धनुकुटा सहिदभूमी गाउँपालिका ४ बस्ने ३२ वर्षिय विशेष राईको साथबाट १ लाख रुँपैया नगद तथा दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरी उपरिक्षक बज्राचार्यले बताए । पक्राउ परेका चालक उक्त टिपरका साहु समेत हुन् । उनले अपराध स्वीकार गरेको प्रहरीको भनाई छ ।
बरामद गाजाको नेपाली बजारमा एक करोड तथा भारतीय बजारमा चार करोड मुल्य पर्ने प्रहरीले अनुमान गरेको छ । नेपाली बजारमा प्रति केजि १० हजारसम्ममा पाइने गाजा भारतीय बजारमा भने २५ देखी ३० हजार प्रति केजिका दरले बिक्रि हुने गरेकोले तस्करहरु विभिन्न उपाय निकालेर यस्तो काम थालेको जानकारी आएपछि शंकास्पद स्थानहरुमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त टोलीले उक्त गाजा बरामद गरेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ