News Category 2080/09/22
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सात बुँदे माग राख्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित भएका छन् । जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी उनीहरु आन्दोलित भएका हुन् ।
वडा सदस्यहरुले पालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई आइतबार सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
१६ वटा वडा रहेको राजविराज नगरपालिकामा रहेका ६३ जना वडा सदस्य मध्ये पहिलो दिनको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको वडा सदस्य रमानन्द देवले जानकारी दिए ।
बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । नगरको मुख्य बजार क्षेत्रमा वर्षौदेखी बसोवास गर्दै आएका बिटोरी जग्गावाहक ५ हजार भन्दा बढी परिवार विगत सात वर्षदेखी समस्या पर्दा विक्रि गर्न र बैंकमा राखेर ऋण समेत लिन सकेका छैनन् । समस्या पर्दा जग्गा बैंकमा धितो राखेर ऋण समेत लिन नपाउँदा कतिपय समस्या परेका बेला साहु महाजनसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएका छन् ।
यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ ।
यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ ।
उक्त मागहरु सात दिनभित्र पूरा नगरिए बाध्य भई आन्दोलन चर्काउने र यसको सम्पूर्ण जिम्मेवारी नगरपालिका नै हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख परविनले उक्त समस्या समाधान गर्न आफू गम्भिर रहेको र छिट्टै बैठकबसी समाधान खोजिने प्रतिबद्धता जनाएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ