News Category 2080/09/24
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
खेलकुद क्षेत्रमा योगदान दिएका तीन जना कानुन व्यवसायीलाई मंगलबार जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ ।
पुस १४ गते सम्पन्न उच्च अदालत बार एशोसिएशन राजविराजको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हरेराम यादव तथा कोषाध्यक्ष उमाशंकर देव र सदस्य दिनेश प्रसाद सिंहलाई सम्मान गरिएको हो ।
सम्मानित मध्येका हरेराम पूर्व कराँते खेलाडी तथा कराँते महासंघ सप्तरीको वर्तमान अध्यक्ष समेत हुन् । यस्तै कोषाध्यक्ष पदमा निर्वाचित उमाशंकर देव ब्याटमिन्टम खेलाडी तथा सदस्य पदमा निर्वाचित दिनेश प्रसाद सिंह जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष हुन् ।
उनीहरुलाई जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख दिनेश भुजेलले कदर पत्र तथा दोसल्लाबाट सम्मान गरे । सम्मान ग्रहण गर्दै अध्यक्ष हरेराम यादवले स्वस्थ रहनुका साथै अनुशासनको मामिलामा खेलकुदले ठुलो सहयोग पु¥याउने भन्दै आफु कानुन व्यवसायी रहदा रहदै पनि जिल्लामा खेलकुदको विकासका लागी समेत उत्तिकै सकृय रहने प्रतिबद्धता जनाए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख भुजेलका साथै मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष एवं कराँते प्रशिक्षक उमेश गुरुङ, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, जिल्ला पुृmटवल संघका महासचिव रमेश श्रेष्ठ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ