News Category 2080/09/24
प्रदेश सरकारको बजेटमा निर्माण भएको शौचालय संचालन नहुँदै बन्द

नवीनकुमार गुप्ता
राजविराज, २४ पुस ।
१८ महिना अघि राजविराज नगरपालिका अगाडी मधेश प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको शौचालय बन्द गरिएको छ । यसले प्रदेश सरकारको लगानी बालुवामा पानी भएको प्रमाणित भएको छ ।
राजविराज नगरपालिका कार्यालय अगाडी विद्यालयको झ्याल थुनेर निर्माण गरिएको उक्त शौचालय संचालन नहुँदै बन्द गरिएको हो ।
आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तमा मधेश प्रदेश सरकारको करिब २५ लाखको आर्थिक सहयोगबाट दुई वटा शौचालय निर्माण गरिएको थियो । एउटा नगरपालिका अगाडी रहेको रमेश नारायण दास आदर्श आधारभुत विद्या मन्दिरको झ्याल थुनेर र अर्को राजरंगशालाको पूर्वपट्टी ।
हचुवाको तालमा तथा उचित स्थानको छनौट र दुर्गामी सोचको अभावमा निर्माण गरिएको उक्त दुबै शौचालय अझै औपचारिक रुपमा संचालन समेत हुन सकेको छैन् । संचालन नहुँदै दुबै शौचालय फोहर, दुर्घन्धित बन्दै गएको छ ।
भगवती मन्दिर पोखरीको मुख्य प्रवेश द्वार छेउमा तथा आधारभुत विद्यालयको झ्याल थुनेर निर्माण गरिएको शौचालय भन्दा ५० मिटर उत्तरतर्फ पनि एउटा निजि विद्यालय छ । उक्त निजि विद्यालयका विद्यार्थीहरु विद्यालय जाँदा शौचालयबाट निस्किने दुर्गन्धले नाक, मुख थुनेर जाने गर्छन् भने सरकारी विद्यालयका विद्यार्थीहरु बाँकी रहेका झ्याल थुनेर पढ्न बाध्य छन् ।
यस्तै रंगशालामा परिसरमा निर्माण गरिएको शौचालयको अवस्था पनि यस्तै छ । यी दुबै स्थानमा शौचालय दिर्घकालिन सोच बिनानै निर्माण गरिएको छ ।
निर्माण गरिएको उक्त शौचालयहरुमा पानीको व्यवस्था समेत छैन् भने शौच गर्ने प्यानमा प्लास्टिकको बोतल, ढुंगा, इट लगायतका सामाग्रिले पुरिएको छ । यति मात्र नभएर प्यान माथि नै शौच गरिएको र शौचालय बाहिर दिसा, पिसाबगरि फोहर गरिएको छ । सोही स्थानमा बनाइएको सेफ्टी ट्यााङ्क नामको मात्र रहेको छ । शौचालयको ढोका समेत टुटफुट भएको छ । शौचालय फोहर फ्याल्ने स्थान बनेको छ ।
शौचालय निर्माण र संचालन नहुँदै बन्द गरिएको बारे राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङसँग सम्पर्क गर्दा उनले यसबारे आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिए । “शौचालय कहिले निर्माण भएको, कसरी र कुन बजेटबाट कसले निर्माण गरेको बारे मलाई थाहा छैन् ।” उनले भने ।
सहरको मुख्य चौकमा एउटा पनि सार्वजनिक शौचालयको व्यवस्था नगरेका कारण मानिसहरु जथाभावी खाली र पायक पर्ने ठाउँमा शौच र पिसाब गर्ने गरेका छन् । जसले गर्दा सहर दुर्गन्धित बन्दै गएको छ ।
बि.स. २०७४ साल चैत १४ गते राजविराज नगरपालिका तथा सप्तरी जिल्लालाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिसकेको छ । यसरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको जिल्ला र नगरमा जताभावी फोहर र खुल्ला स्थानमा दिसा पिसाब गरिने देखिनुले सरकारी नीतिको अवहेल्ना र रकमको दुरुपयोग समेत भएको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ