News Category 2080/09/25
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भुप्रसाद यादव (लाली)को घरको कम्पाण्ड भित्रैबाट स्कारपियो गाडी चोरी भएको छ ।
मंगलबार राती घरको मूल गेटमा ताल्चा लगाई कम्पाउण्डमा राखिएको बा.१४.च. २९३५ नम्बरको स्कारपियो गाडी चोरी भएको हो ।
मंगलबार राती ८ बजेतिर घर फर्केका यादवले गाडीलाई कम्पाउण्डभित्र राखी मुल प्रवेश गेटमा ताल्चा लगाएर आराम गर्न गएका थिए । सुरक्षित साथ राखिएको गाडी बुधबार बिहान उठ्दा मात्र चोरी भएको उनले थाहा पाएको बताए ।
कम्पाउण्ड गेट र गाडीको साँचो राख्ने ठाउँ आफ्नो परिवारका सदस्य र केही गाडीका पुराना स्टाफलाई समेत जानकारी रहेकाले तीनै स्टाफ मध्ये कसैले स्कारपियो चोरेको हुनसक्ने उनको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले गाडी चोरी भएको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको बताउँदै लिखित रुपमै जाहेरी आएपछि थपअनुसन्धान गरिने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ