News Category 2080/09/25
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
विभिन्न ८ बुँदे माग अघि सार्दै राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार स्ववियुले तालाबन्दी गरेको छ ।
क्याम्पस प्रमुख राजिव मिश्रको कार्यकक्ष तथा प्रशासन कोठामा तालाबन्दी गरिएको स्ववियुद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
स्ववियु सचिव सुनिल मण्डलले त्रिविविको नियम विपरीत हालै विभिन्न पदमा गरिएको नियुक्ति खारेजी, २०७५÷७६ देखी हालसम्मको क्याम्पसको आय–ब्यय सार्वजनिक, पुस्तकालयको ब्यवस्थापन, नियमित पठनपाठनको ब्यवस्था, विज्ञान प्रयोगशालाको संचालन, अलपत्र अवस्थामा रहेको कन्या र दलित छात्रावासको संचालन तथा लामो समयदेखी रोकिएको अतिरिक्त क्रियाकलापलाई तिब्रता प्रदान गर्नु पर्ने लगायतका ८ बुँदे माग राखि तालाबन्दी गरिएको बताए ।
स्ववियु उपसभापति जयकृष्ण यादवले प्रक्रिया पूरा नगरि मनोमानी ढंगले विभिन्न विषयका शिक्षकहरुलाई क्याम्पस प्रशासनले नियुक्त गरेको दाबीका साथ सोको छानबिन तथा विद्यार्थी हीतका अन्य माँगहरु राखी पटकपटक जानकारी गराउँदा पनि कुनै बास्ता नगरेकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ