News Category 2080/09/26
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
नवीनकुमार गुप्ता
राजविराज, २६ पुस ।
विगत चार दिनदेखी चलेको चिसो हावासँगै शितलहरले सप्तरीसहित देशैभरी जनजिवन कष्टकर बन्दै गएको छ । बिहीबार जिल्लामा यो वर्ष कै सर्वाधिक चिसो महसुस गरिएको छ ।
यता चिसोले जनजिवन कष्टर बन्दै जाँदा जिल्लाको अधिकांश स्थानीय तहले विपद्को पूर्वतयारी गरेको देखिन्न् । कतिपय स्थानीय तहले गरिब, असाहय, विपन्न वर्ग लगायतलाई न्यानो कपडाको व्यवस्था गर्न सकेको छैन् ।
यस्तै शरीरलाई न्यानो पार्न सार्वजनिक स्थलमा दाउराको प्रबन्ध समेत मिलाउन सकेको छैन् । जबकी हरेक स्थानीय तहमा विपद् कोषको ब्यवस्था हुन्छ । तर, स्थानीय तहको हेलचक्राईले हालसम्म ती समुदायका लागि न्यानो कपडाको व्यवस्था त परै जाओस् दाउरा बाल्ने प्रबन्ध पनि मिलाउन सकेको देखिन्न् ।
राजविराज नगरपालिकाले गत वर्ष चिसोको सुरुवातसँगै सार्वजनिक स्थानमा दाउरा बाल्ने ब्यवस्था मिलाएको थियो । यस पटक त्यस्तो प्रबन्ध मिलाएको देखिदैन् ।
यस्तै रुपनी गाउँपालिकाले बिहीबार एक सूचना प्रकाशित गरि दाउरा खरीद गर्न सात दिनको समय राखेर टेण्डर आह्वान गरेको छ । जबकी जिल्लामा मौसमको अवस्था अनुमान गर्ने त्यस्तो कुनै यन्त्र छैन् । जसले आउँदो सात दिनमा चिसो बढ्ने कुराको संकेत दिन सक्छ । सात दिनमा चिसो अझ बढ्न सक्ने उद्देश्यले सूचना प्रकाशित गरेको जस्तो देखिन्छ । अनि सात दिनपछि दाउरा खरीद गरेर आफ्ना जनतालाई न्यानोको अनुभूती दिने बुझिन्छ ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले डिभिजन वन कार्यालयमा दाउरा नरहेको बताउँदै त्यसका लागि रौतहटबाट खरीद गर्नु पर्ने बाध्यता आएकोले यस्तो सूचना जारि गरिएको जानकारी दिए ।
यस्तै जिल्लाको अन्य स्थानीय तहहरुले पनि विपदको पूर्वतयारी गरेको देखिदैन । चिसो बढेपछि विपन्न जनतालाई राहत दिन न्यानो कपडा र आगो बाल्ने प्रबन्ध मिलाउने बारे स्थानीय तह अझै अन्यौलमै छन् ।
श्रोतका अनुसार डिभिजन वन कार्यालय सप्तरीमा दाउराको आवश्यक मौज्दात नहुँदा सबै पालिका पूर्वतयारी गर्नबाट चुकेका छन् । पालिकाहरु हरेक वर्ष झै यस पटक पनि डिभिजन वन कार्यालयकै भरमा परेका थिए ।
चिसो बढेपछि जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयहरुले बिदा दिएको छ । बिहीबार अत्याधिक चिसो बढेपछि राजविराजका विद्यालयहरुले टिफिनमै बिदा दिँदै एक साताका लागि विद्यालय बन्द गरेको जानकारी दिएको छ ।
यता बाक्लो हुस्सु र निरन्तर चलिरहेको चिसो हावाले स्थानीयको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । विहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलह पहल निकै घटेको छ भने अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनीक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । अतिविपन्न मुसहर तथा डोम समुदायले जाडो छल्न अधिकांश समय आगो तापेर वसिरहेका छन् । बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछी पुर्वपश्चिम राजमार्ग सहित बजार र ग्रामिण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ति बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ ।
जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खाने कुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ