News Category 2080/09/28
नेपाल सहकारीको ४६ लाख नाफा
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
नेपाल सहकारी संस्था लि. राजविराजले शनिबार आफ्नो २१ साधारण सभा सम्पन्न गरेको छ ।
सम्पन्न सभामा संस्थाका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले आफ्नो अध्यक्षयीय प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा २ हजार ७ सय ४७ शेयर सदस्य रहेको जानकारी दिए । जसमध्ये १ हजार ८६ महिला र १ हजार ६ सय ६१ पुरुष रहेको जनाइएको छ ।
आ.ब. २०७९÷८० मा कुल शेयर रकम ३३ करोड ४६ लाख ५ हजार तथा ६० करोड १४ लाख २७ हजार ६ सय ८५ कुल निक्षेप संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनमा संकलित निक्षेप मध्येबाट ६० करोड ३३ लाख ७७ हजार ५ सय फिर्ता, ३१ करोड ७८ लाख ७७ हजार २ सय ४३ ऋण लगानी तथा ३३ करोड ८४ लाख ९८ हजार ७ रुँपैया असुली भएको जनाइएको छ ।
अध्यक्ष गुप्ताले सोही आ.ब.मा ४५ करोड ६१ लाख १५ हजार ५ सय ११ रुँपैया ६२ पैसा कुल कारोबार भएकोमा करकट्टा गरि ४६ लाख ३४ हजार ३ सय ८ रुँपैया ५ पैसा खुद नाफा कमाउन संस्था सफल भएको बताए ।
अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा शेयर सदस्यहरु मनोहर पोखरेल, रन्धिर कर्ण, सुरेन्द्र प्रसाद गुप्ता, राजकुमार यादव, मनिष दुंगड, मो. हैदर अली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन भने संस्थाका ब्यवस्थापक शंकर प्रसाद साहले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ