News Category 2080/09/28
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
राजविराजस्थित एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापतको रकम नदिएको सेवाग्राहीले गुनासो गरेका छन् । विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले सात महिना भन्दा बढी भइसक्दा पनि प्रतिबद्धता अनुसारको उक्त रकम भुक्तानी गर्न आलटाल गरिरहेको छ ।
राजविराज ७ निवासी शारीरिक रुपमा असक्त ४७ वर्षिय उमाकान्त साहले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत आफूले पाउनु पर्ने रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरिरहेको गुनासो पोखेका हुन् ।
दश महिना अघि सो बैंकको राजविराज शाखामा १ लाख रुँपैया जम्मा गरि उनले स्वास्थ्य विमा लाभ पाउने गरि डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत योजना अन्तरगत खाताधारीलाई बिरामी पर्दा अस्पताल भर्ना खर्च दाबी गर्न सकिने सुविधा रहेको थियो ।
उनी सात महिनाअघि गम्भिर बिरामी परे । उनको विर्तामोडस्थित बिराट हस्पिटल एउड रिसर्च सेन्टरमा आन्द्रा तथा मलद्वारको शल्यक्रिया गरिएको थियो । उनी अहिलेपनि महिनैपिच्छे परिक्षणका लागि त्यहा जाने गरेका छन् ।
साहले उपचारको क्रममा भएको खर्च ५८ हजार ५ सय ५५ रुँपैयाको बिलसहित आवश्यक सम्पूर्ण कागजात बैंकलाई बुझाएको सात महिना बितिसकेको छ । तर, हालसम्म एक सुको पनि नपाएको उनको गुनसो छ ।
उनले भने, “सात महिनादेखी उपचार खर्च वापतको भुक्तानीका लागि बैंकमा कुदेको कुँदै छु, तर, प्रबन्धक इश्वर यादवले प्रक्रिया मै छ भन्दै फर्काइदिने गरेका छन् ।”
शारिरीक रुपमा असक्त भएकाहरुको अधिकार बारे पैरबी गर्दै आएका जगदीश प्रसाद अर्यालले बैंकको यस्तो व्यवहार उचित नभएको बताउछन् । भ्रामक प्रचार प्रसार वा विज्ञापन गरी अनुचित लाभ लिने प्रयासको समयमै छानबिन हुनु जरुरी छ, उनले भने ।
पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरैजसो बचतकर्ता पटयार लाग्दो पर्खाईमा रहेको बुझिएको छ ।
यता प्रबन्धक यादवले डायमण्ड बचत योजना अन्तरगत साहले पाउनु पर्ने उपचार खर्चका लागि सम्पूर्ण कागजात बैंकको केन्द्रिय कार्यालयमा पठाइसकिएको र भुक्तानीका लागि आफूले पहल गरिरहेको जनाएका छन् ।
उनले भने, “यताबाट गर्नुपर्ने सबै काम पुरा गरेर केन्द्रमा पठाइसकेका छौं, बैंकले सम्झौता गरेको विमा कम्पनीका कारण ढिलाई हुन गएको होला जस्तो लागेको छ ।” सो योजना अन्तरगत बैंकले प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी लि.सँग सम्झौता गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ