News Category 2080/09/29
खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले नेपाली खेलकुदलाई चुस्तदुरुस्त संचालनका सबल भौतिक पूर्वाधार, निरन्तर घरेलु प्रतियोगिता र यसको संयोजनले मात्र दिगो उपलब्धी दिलाउन सकिने बताएका छन् ।
पीछिडएका बालबाबालिकाको खेल विकासका लागी अखिल नेपाल फुटवल संघ (एन्फा) र एएफसी ड्रिम एशिया फाउन्डेशनको सहयोग तथा जिल्ला फुटवल संघ सप्तरीको समन्वयमा राजरंगशालमा संचालित सात दिने फुटवल क्लिनिकको आईतवार समापनका अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रका लागी चाहिने राष्ट्रिय÷अन्तराष्ट्रिय खेलाडी उत्पादनका लागी यस्ता कार्यक्रमले निकै मदत पु¥याउने बताउदै प्रदेश सरकारले यस्ता कार्यक्रमहरुलाई प्रोत्सहान गर्नुका साथै खेल पुर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेको जनाए ।
मन्त्री यादवले बर्तमान प्रदेश सरकारले नगरमा मात्र होइन गाउँ गाउँमा समेत खेलको विकास गर्ने उदेश्यले विभिन्न योजना अघि सारेको जानकारी समेत दिए ।
पिछिडीएका समुदायका बालबालिकालाई प्रशिक्षण दिई राम्रा प्रतिभाको उत्पादन तथा उनीहरुको शारिरीक, मानसिक र बौद्धिक विकास गर्ने उद्देश्यले गत सोमवार देखि राजविराजको राजरंगशालमा उक्त क्लिनिक संचालन गरिएको थियो ।
कार्यक्रममा जिल्लाको विभिन्न विद्यालयका पिछिडीएका समुदायको ६ देखी १३ वर्ष सम्मका बालबालिकाको सहभागिता रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा ४० जना बालक र ४० जना बालिका गरी कुल ८० जनाको सहभागिता रहेको जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।
एन्फा फुटवल क्लिनिक चिल्ड्रेन नाम दिइएको उक्त परियोजना एएफसि ड्रिम एशिया फाउन्डेशन र अखिल नेपाल फुटवल संघ (एन्फा) को सहयोग तथा जिल्ला फुटलवल संघको समन्वयमा संचालनमा ल्याइएको एन्फाको ग्रासरुट विभाग प्रमुख पंकज बहादुर शाहीले सो अवसरमा जानकारी गराएका थिए ।
उक्त परियोजनमा सहभागि बालबालिकाहरुलाई खेलकुद समाग्री संगै शैक्षिक समाग्री समेत एन्फाले उपलब्ध गराएको जिल्ला फुटवल संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ