News Category 2080/09/29
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
आफ्नो माग सुनुवाइ नभएको भन्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु माघ ४ गते बिहीबारदेखी धर्ना दिने भएका छन् ।
वडा नं. २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा आइतबार सम्पन्न भेलाले रामानन्द देवको संयोजकमा राजविराज नगरपालिका वडा सदस्य संघर्ष समिति समेत गठन गरिएको जनाइएको छ ।
समिति गठन पश्चात् संयोजक देवद्वारा जारि विज्ञप्तिमा सात बुँदे मागसहित दिएको सात दिने अल्टिमेटम आइतबारै सम्पन्न भएपनि ती मागहरु बारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै धर्नामा उत्रनु परेको उल्लेख छ ।
जारि विज्ञप्तिमा माघ ४ गते बिहीवारदेखि सात दिनसम्म एक घण्टे विरोध स्वरुप राजविराज नगरपालिकाको परिसरमा धर्ना कार्यक्रम गर्ने निर्णय गरिएको जनाइएको छ । सोही विज्ञप्तिमा उक्त समय अवधीमा समेत माँग सम्बोधन नगरिएपछि थप संघर्र्षको कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरिएको जानकारी गराइएको छ ।
यसअघि पुस २२ गते आइतबार ४४ जना वडा सदस्यहरुले जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनलाई ज्ञापन पत्र बुझाएका थिए ।
बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ ।
यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ