News Category 2080/10/02
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, १, माघ ।
सशस्त्र प्रहरीले जिल्लाको विभिन्न नाकाबाट अवैधरुपमा ल्याइएको ठूलो परिमाणको दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज विष्टका अनुसार सोमवार विहान हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडकखण्डमा चेकजाँचको क्रममा गाडीमा लोड गरेर अवैधरुपमा ल्याइएका २७ बोरा दुधको पाउडर बरामद गरिएको छ । ग.३च. ५१५९ नम्बरको भ्यानमा प्याकेट बनाएर बोरा भित्र राखिएको उक्त दुध पाउडरको तौल ६ सय ७५ केजी रहेको उनले जनाए । सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप बुढाथोकी कमाण्डको टोलीले शंका लागी चेकजाँच गरिरहदा चालक भने गाडी छाडेर फरार भएको तथा उनको खोजी कार्य भईरहेको उनले जनाए । बरामद दुध पाउडरको अनुमानीत बजार मुल्य ३ लाख ७१ हजार २ सय ५० रुपैया रहेको उनको भनाई छ ।
बरामद समान र गाडी इटहरी स्थित अनुसन्धान कार्यालय पठाइएको उनले बताए । चेक जाँचको क्रममा उक्त समानको विल विजक समेत फेला नपरेको उनले जानकारी दिए ।
अस्यस्तै भारतबाट अर्वैधरुपमा ल्याइएको ज्याकेट, न्यानो लत्ता कपडा र औषधी लगायतका अवैध मालसमान सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ बाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सिमा सुरक्षा गुल्म पातोबाट सहायक प्रहरी हबल्दार धन बहादुर साउद नेतृत्वको टोलीले ४६ हजार ३ सय ३० रुपैयाको अवैध औषधी तथा सशस्त्र प्रहरी नायब निरिक्षक शुभ नारायण मण्डल नेतृत्वको टोलीले ५९ हजार ८ सय मुल्य बराबरको न्यानो लत्ता कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकारी विष्टले बताए ।
सोमवार नै भारतबाट भन्सार छलेर ल्याइएका १ लाख ६२ हजार मुल्य बराबरको किरानाका सरसमान जिल्लाको छिन्नमसता गाउँपालिका २ मोहनपुर क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट ना.५७ प ४४७६ नम्बरको मोटरसाईकलबाट ल्याउदै गरेका १ लाख ६२ हजार मुल्य बराबरको किरानाका अवैध मालसमान सशस्त्र प्रहरी बरिष्ट हबल्लार विनोद विकको कमाण्ड टोलीले नियन्त्रणमा लिएको तथा चालक भने फरार भएको उनले जानकारी दिए ।
बरामद उक्त सरसमान आवश्यक प्रक्रिया पश्चात तिलाठी कोईलाडी स्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीले ज नाएको छ ।
भारतबाट हुने चोरी पैठारी रोक्न सिमानामा कडार्ई तथा निगरानी बढाइए पछि त्यस्ता अवैध माल समान धमाधम बरामद हुन थालेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ