News Category 2080/10/03
चोरी भएको स्कारपियो भारतमा फेला

दैनिक समाचारदाता
राजविराज, २ माघ ।
राजविराजबाट चोरी भएको स्कारपियो गाडी ८ दिनपछि मंगलबार भारतमा फेला परेको छ ।
राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भु प्रसाद यादवको घर कम्पाउण्डबाटै चोरी भएको बा.१४च. २९३५ नं. को गाडी भारत बिहार राज्यको लौकही ग्रामपंचायतको एकहत्ता भन्ने गाउँबाट फेला परेको हो ।
सीमावर्ती भारतको बिहारस्थित एक गाउँबाट उक्त गाडी बरामद भएको गाडीधनी यादवले बताए । उनले आफ्नै पहलमा उक्त गाडी बरामद गर्न सफल भएको जनाएका छन् ।
आफू र प्रहरीले गाडीको खोजि कार्य जारि राखेको बेला गाडी चोरी गरि लैजाने व्यक्ति भने फरार रहेको उनको भनाई छ । चोरी गरि लगेको गाडीको नेपाली नं. प्लेट परिवर्तन गरि बी.आर.०१पी.के.२६४० नं.को भारतीय प्लेट राखेर एकहत्ता गाउँमा राखिएको भनी साथीभाईले खबर गरेपछि आफू त्यहा पुगेको उनले बताए ।
उक्त गाडी मंगलबार नै स्थानीयवासी र साथीभाईको सहयोगले घर ल्याई पु¥याइएको र सो बारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनले बताए ।
चोरले भारतीय बजारमा बिक्रि गर्ने उद्देश्यले नेपाली नं. प्लेट हटाएर नक्कली भारतीय नं. प्लेट टासेको हुन सक्ने उनले अनुमान व्यक्त गरेका छन् ।
प्रहरीले चोरीको गाडी फेला परिसकेको भनी गाडीधनीबाट जानकारी प्राप्त भएको र सो बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ