News Category 2080/10/03
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, २, माघ ।
भक्तपुरमा पुस २४ गते देखि पौष २६ सम्म संचालन भएको ११ औं महिला तथा २६ औं पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका पदक विजेता सबै सप्तरीका खेलाडीहरुलाई मंगलबार सम्मान गरिएको हो ।
जिल्ला भारोत्तोल संघ सप्तरीले राष्ट्रिय प्रतियोगितामा सहभागी सबै खेलाडीले पदक ल्याएको खुशियालीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।
उक्त प्रतियोगितामा सप्तरीबाट सहभागी ११ वटै खेलाडीले पदक ल्याई जिल्लाको मान सम्मान बढाएकोले यस्तो कार्यक्रमको आयोजना गरी सम्मान गरिएको सम्मान कार्यक्रमका आयोजक जिल्ला भारोत्तोलन संघ सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताले बताए ।
उक्त प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्दै सप्तरीले ८ स्वर्ण तथा ३ रजत पदक हासिल गरेका थिए । टिम म्यानेजर एवं प्रशिक्षक पुन्तिलाल यादवका अनुसार पुरुष तर्फ ४९ केजी तौल समुहमा महेश यादव, ५५ केजीमा शंकर यादव, ६१ केजीमा सुजित यादव, ६७ केजीमा अनुराग प्रताप सिह र ७३ केजीमा हेम नारायण यादवले स्वर्ण पदक प्राप्त गरेका छन् ।
यस्तै ५५ केजी जुनियर पुरुषमा श्रवण यादवले रजत पदक ल्याए । यसैगरी महिला तर्फ ४९ केजीमा अम्बिका यादव, ५५ केजीमा नेहा यादव र ६४ केजी तौल समुहमा संतोषी यादवले स्वर्ण पदक हात पारेकी छिन । महिला तर्फ कै ५९ केजी सिनियर तर्फ पुष्पा ठाकुर र जुनियर तर्फ अंजली यादवले रजत पदक ल्याएकी छिन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा एवं संस्कृति मन्त्री महेश प्रसाद यादवले कदर पत्र तथा दोसल्लाबाट सम्मान गरे ।
कार्यक्रममा भारोत्तोलन प्रशिक्षक पुन्तीलाल यादव तथा भारतोलन संघ सप्तरीका निर्वतमान अध्यक्ष समेत रहेका मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री यादवलाई समेत आयोजकले सम्मान गरे ।
सो अवसरमा बोल्दै मन्त्री यादवले राष्ट्रिय प्रतियोगितामा प्राप्त मेडल जिल्लाकै मात्र नभई मधेश प्रदेश कै लागी उपहार भएको बताए । उनले आफनो कार्यकालमा इमान्दार प्रयास र नेतृत्व सहित मधेशको खेलकुद माथि उकास्ने प्रयास गरिरहे पनि राजनीति खिचातानीले अपेक्षित सुधार प्राप्त गर्न ढिलाई भइरहेको बताए ।
उनले प्रदेशमा खेलकुदको विकासका लागी आफनो कार्यकालमा विभिन्न पुर्वाधार र निर्माण कार्यका लागी बजेट छुट्याइएको जानकारी सहित राजविराजको राजरंगशाला तथा पब्लिक विन्देश्वरी माविको खेल मैदान स्तरोन्नतीका लागी ०८०÷०८१ को निती तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरी सकेको बताए ।
सप्तरी आफनो गृह जिल्ला समेत भएकाले जिल्लाको खेलकुदको विकासका लागी आफनो पारश्रमिकबाट १ लाख रुपैया दिने घोषणा समेत गरेका मन्त्री यादवले यसको सदुपयोग गर्न विभिन्न खेलकुद संघका पदाधिकारी, पुर्वखेलाडी तथा अग्रजहरु संग आग्रह गर्दै आ–आप्mनो स्तरबाट समेत सहयोग गर्नु पर्नेमा जोड दिए ।
प्रदेशमा अहिले ६ दलिय गठबन्धनको सरकार रहेकाले आफुले मात्र चाहेर सबै काम गर्न न सकिएको लाचारी ब्यक्त गरेका उनले यस अघिको प्रदेश सरकारमाथी विगतमा लागेको विभिन्न भ्रष्टाचारको आरोप बर्तमान प्रदेश सरकारले पनि खेप्नु नपरोस भन्ने तर्फ सचेत रहेको बताए ।
प्रदेशको गौरवका आयोजनाहरुलाई पारर्दशी र इमान्दारीताका साथ अघि बढाउन आफु लागी परेको जनाउदै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
जिल्ला भारतोलन संघ सप्तरीका कार्यवहाक अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व साँसद एवं भारोत्तोलन संघका सल्लाहकार सुर्यनाथ यादव “सुभाष”, नवीन कुमार गुप्ता, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख दिनेश भुजेल, डा. शिव शंकर यादव, प्रशिक्षक उमेश गुरुङ्ग, संजय परियार लगायतले पनि बोल्दै पदक विजेता खेलाडीलाई बधाईसहित भविष्यमा राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत पदक ल्याउन सफलता मिलोस भनी शुभकाना दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ