News Category 2080/10/03
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र एकल महिलालाई ब्ल्याङकेट वितरण
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
सामाजिक कार्यमा अत्यन्त सक्रिय धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र एकल महिलालाई ब्ल्यांकेट वितरण गरेको छ ।
जिल्लाको अग्निसाईर कृष्णासवरन गाउपालिका वडा नं २ नयाँ वस्ति चौफालका अपाङ, एकल महिला र वृद्धवृद्धाहरूलाई बुधबार ब्ल्यांकेट बितरण गरिएको संस्थाका अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले जनाएका छन् ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय महुलीको प्रहरी सहायक निरीक्षक मनीष ठाकुर, मावि सीतापुरका प्रअ दुर्गानन्द चौधरी, नेपाल तामाङ घेदुंग सप्तरीका अध्यक्ष समाजसेवी सूर्यमान तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामांङ, मावि सीतापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशेश्वर चौधरी, सो गाउँपालिका वडा नं. २ का आदिवासी जनजाति महासंघ अध्यक्ष समाजसेवी भवानी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
विगत एक दशकदेखी संस्थाले जिल्लाका गरिब, दलित, असहाय, विपन्न, महिला लगायतलाई आफ्नो तर्फबाट सहयोग प्रदान गर्दै आइरहेको छ । समाजसेवी ई. यादवले आफ्नो पहलमा अग्निपीडित परिवारलाई समेत राहत बितरण गर्दै आइरहेका छन् । उनी पीडितहरुको घरमै गएर राहत बितरण गर्न निकै सक्रिय छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ