News Category 2080/10/05
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
राजविराजस्थित आसिया पार्टी प्यालेस एण्ड लाँजले विपन्न समुदायका वृद्धवृद्धालाई चिसोबाट जोसगन न्यानो कम्बल तथा फलफुल सहयोग गरेको छ ।
शुक्रवार प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरी ३६ जना अत्ति विपन्न परिवारका वृद्ध वृद्धालाई कम्बल तथा फलफुल सहयोग गरेको प्यालेसका संचालक अकबर हुसेनले बताए । ती सामाग्रिहरु उनले व्यक्तिगत सहयोगमा उपलब्ध गराएका हुन् ।
उनले व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग उपलब्ध गराएको बताए । चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विपन्न समुदायका वृद्ध वृद्धाको जनजीवन कष्टकर भएको हूँदा सानो सहयोग गरिएको र यसले थोरै भएपनि उनीहरुलाई राहत पुग्ने विश्वास गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विपत्तका बेला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्यालेसका संचालक हुसेनका साथै उनकी छोरी आसिया, पत्रकार महासंघ सप्तरीका अध्यक्ष देव, प्रेस स्वतन्त्र सेनानी बैद्यनाथ झा लगायतले पनि वृद्ध वृद्धालाई कम्बल वितरण गरेका थिए । कार्यक्रममा आयोजकका तर्फबाट संचारकर्मीहरुलाई सम्मान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ