News Category 2080/10/05
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
आन्दोलनरत राजविराज नगरपालिकाका वडा सदस्यहरुले दोश्रो दिन शुक्रवार पनि धर्ना कार्यलाई निरन्तरता दिएका छन् । जनहित एवं आफ्ना अधिकार सहितका विभिन्न ७ बुंदे माग राखी उनीहरु बिहीबारदेखी नगरपालिकामा धर्ना दिइरहेका छन् ।
बलिदानी दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिदा कार्यालयहरु बन्द रहँदा पनि आन्दोलनरत वडा सदस्यहरुले नगरपालिकाको कार्यालय प्रवेशद्वारमा वसी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन ।
कार्यालय विदा भएपनि पूर्व घोषित कार्यक्रम अनुसार धर्ना कार्यक्रमलाई निरन्तरता दिएको वडा सदस्य एवं संघर्ष समितिका संयोजक रामानन्द देवले बताए ।
बिटोरी समस्या अविलम्ब समाधान गर्नु पर्ने संघर्र्ष समितिको पहिलो माग छ । यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगर क्षेत्रमा सिसी क्यामरा जडान गर्नु पर्ने, छाडा पशुचौपाया नियन्त्रण गर्नु पर्ने, सुरक्षा तथा नगरका अन्य समस्या व्यवस्थापनका लागी नगर प्रहरी भर्ना गर्नु पर्ने लगायतका ७ बुंदे माँग राखी चरणबद्ध आन्दोलन थालिएको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए ।
दोश्रो दिनको कार्यक्रममा ऐक्यवद्धता जनाउँदै धर्नामा वसेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले नगरको जल्दो बल्दो र यर्थात समस्या समाधानका लागी वडा सदस्यहरुले थालेको आन्दोलनमा आपूmहरुको पूर्ण समर्थन रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ