News Category 2080/10/06
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
प्रतिनिधिसभा सदस्य डा. सीके राउतले चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको बताएका छन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा. राउतले शनिबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले पहिलो पटक गृहजिल्लामा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका शिर्ष नेताहरुले मुलुकको शासन प्रणाली आफ्नो अनुकुल चलाइरहेको बताए । उनले भने, “सरकारमा १० सिट ल्याउनेको हाली मुहाली छ, १२ सिट ल्याउनेको केही चल्दैन्, १२ सिट ल्याउनेले ५० सिट ल्याएपनि मुलुकको शासन व्यवस्थामा केही चल्दैन् ।”
एक अर्को प्रसङ्गमा उनले आफ्नो पार्टी सरकारमा सहभागि हुनुका कारण प्रस्ट्याउँदै उनले भने, “जनताको सेवाका लागि पनि सत्तामा जानुको विकल्प नरहेकोले सरकारमा सहभागि भएका हौं, हाम्रो पार्टीको सानो उपस्थिति रहेपनि सरकारमा रहेर पूर्णरुपमा उपलब्धि नपाएपनि आंशिक रुपको उपलब्धिबाट जनताको सेवा गरिरहेका छौं ।”
यस्तै मधेश प्रदेशमा लोकप्रिय मतले आफ्नो पार्टी पहिलो रहेको र सरकारमा पालैपालो मुख्यमन्त्री हुने सहमति भएको तर, त्यो सहमति कुनै बेला पनि धरापमा पर्ने भएकोले आफ्ना मन्त्रीहरुलाई राजिनामा खल्तीमै बोकेर हिड्न उनले भनेको बताए ।
राजनीतिमा नआएको भए आफू सन्यासी भइसक्ने बताउँदै उनले सासंदमा उठ्ने आफ्नो कुनै चाहना नरहेपनि जनताको दबाकका कारण सासंदमा उठेको र निर्वाचित भएको उल्लेख गर्दै अब जनता सेवाका लागि राजनीतिमा सक्रिय रुपमा लाग्ने बताए ।
जिल्लामा रोजगारीको अवस्था सृजनाका लागि वातावरण बनाउन सम्पूर्ण जिल्लावासीलाई आग्रह पनि उनले गरे । सो अवसरमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, मधेश प्रदेशका अर्थ समितिका संयोजक सतिशकुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ