News Category 2080/10/08
मधेश प्रदेशका शिक्षा मन्त्री प्रहरीबाट कुटिए
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवको टाउँको फुटेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको बिरोध गर्न पुगेका मन्त्री यादवमाथी प्रहरीले लाठी प्रहार गरेको हो ।
शिक्षा मन्त्रीसमेतलाई वेवास्ता गरि राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले बिरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै हिजो आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
यस्तै मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका थिए ।
उनले प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ