News Category 2080/10/08
भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रम उत्सवका साथ मनाइयो
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
भगवान रामको जन्मथलो भारतको अयोध्यामा सोमबार भएको प्राण प्रतिष्ठा कार्यक्रमलाई उत्सवको रुपमा सप्तरीमा पनि मनाइएको छ ।
भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर सदरमुकाम राजविराजमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । विश्व हिन्दु परिसद्, हिन्दु सम्राट सेना, हनुमान आराधना मण्डल लगायतका संघ संस्थाको अगुवाईमा बजार क्षेत्रमा स्वागत द्वार तथा प्रत्येक घर, चौक र मन्दिरहरुमा भगवान रामको चित्र अंकित झण्डा झुण्ड्याइएको छ ।
यस्तै सप्तरी युथ नेपालको आयोजनामा स्थानीय राजरंगशालामा भजन कार्यक्रम, दिप प्रज्वलन तथा साधुसन्तलाई भोजन खुवाइएको थियो । यसैगरि राजविराजस्थित भगवती मन्दिर मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।
यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइतीबाट संसारलाई भगवान श्रीरामको पौराणिक बैवाहिक सम्बन्धको संदेश दिन पनि यो दिनलाई उत्सवको रुपमा मनाइएको नगरवासीको भनाई छ ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सोमबार सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले उत्सवको रुपमा मनाउन जिल्लका ८ वटा पालिकाहरुले सोमबार सार्वजनिक बिदा दिएको थियो । राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदेबरसाइन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । सोमबारै साँझ जिल्लावासीले घर घरमा दिप प्रज्वलन गरि भगवान रामको महोत्सव मनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ