News Category 2080/10/09
जनमत पार्टीले किन लियो समर्थन फिर्ता !
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै सरकारबाट समर्थन फिर्ता लिएको बारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।
उनले जारि गरेको विज्ञप्तिमा २०७९ पुस २७ मा गठबन्धन सरकारलाई मधेशमा सुशासन कायम गर्न, किसान आन्दोलनको मुद्दालाई सम्बोधन गर्न, शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा जनताको स्तर उकास्न समर्थन दिएको र सोही अनुरुप मन्त्रालयहरुको जिम्मा पाउने समझदारी समेत बनेकोमा जनमत पार्टीका मन्त्रीले किसानहरुको लागि सकारात्मक कार्यक्रमहरु ल्याएर लोकप्रिय भइरहेको बेलामा आफ्नो पार्टीको भागमा परेको मन्त्रालय खोसेर महिनौसम्म बिना विभागिय मन्त्री बनाउने काम गरेको आरोप लगाएका छन् ।
त्यस्तै स्वास्थ्य र खेलकुदको क्षेत्रमा राम्रो काम गर्न लाग्दा जनमत पार्टीको जिम्मेवारीमा रहेको शिक्षा तथा समाजकल्याण मन्त्रालयलाई पटक–पटक फुटाउने कार्य भएको जिकिर गर्दै उनले त्यसकैे खेलकूद मन्त्रालय फुटाउनु र शिक्षा तथा संस्कृती मन्त्रालयमा मात्रै सिमित गर्नु त्यसको पछिल्लो उदाहरण सबैमा जानकारी नै भएको उल्लेख गरेका छन् ।
नेता यादवले विज्ञप्तिमा यी सबै कुराहरु गठबन्धनमा कुनै छलफल वा मन्त्री परिषद्मा समेत कुनै प्रस्ताव नै नलगेर एकलौटी र गोप्य ढंगले गरिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । यस्तै विज्ञप्तिमा सांसद रन्जु खंग खत्वेको नामको राज्यमन्त्रीको रुपमा सिफारिस भइसक्दा पनि सपथ ग्रहण नगराइएको तथा मन्त्री परिषद्को बैठक प्राय नबसी बिना कुनै छलफल नै एकल पार्टीको निजि सम्पत्ति झै सरकारको कामकारवाही चल्ने गरेको उल्लेख गरेका छन् ।
उनले आफ्नो मन्त्रालयमा समेत सम्बन्धित मन्त्रीलाई कुनै निर्णय गर्न नदिएको वा निर्णयहरुको जानकारी पनि नगराउने गरेको, कुनै पनि काम गर्ने वातावरण नबनाएको, काम सकारात्मक र जनताको हितमा बढ्न लाग्दा पटक–पटक मन्त्रालय फुटाएको विज्ञप्ति मार्फत आरोप लगाएका छन् ,
नेता यादवले आफ्नै मातहतको मधेश कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा जानकारी समेत नदिई कार्यक्रम स्थलमा पुग्दा सरकारको निर्देशनमा आफूसहित मधेश प्रदेशका माननीयहरु माथी लाठीचार्ज गर्न लगाई घाइते बनाएको जस्ता निन्दनीय र क्रुर तानाशाही कदमहरु चालेको हुनाले जनमत पार्टीका मन्त्रीहरुले मधेश सरकारको मन्त्रीपरिषद्बाट राजिनामा दिनुका साथै मधेश सरकारबाट समर्थन समेत फिर्ता गरेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ