News Category 2080/10/09
जनमत पार्टीले किन लियो समर्थन फिर्ता !

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै सरकारबाट समर्थन फिर्ता लिएको बारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।
उनले जारि गरेको विज्ञप्तिमा २०७९ पुस २७ मा गठबन्धन सरकारलाई मधेशमा सुशासन कायम गर्न, किसान आन्दोलनको मुद्दालाई सम्बोधन गर्न, शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा जनताको स्तर उकास्न समर्थन दिएको र सोही अनुरुप मन्त्रालयहरुको जिम्मा पाउने समझदारी समेत बनेकोमा जनमत पार्टीका मन्त्रीले किसानहरुको लागि सकारात्मक कार्यक्रमहरु ल्याएर लोकप्रिय भइरहेको बेलामा आफ्नो पार्टीको भागमा परेको मन्त्रालय खोसेर महिनौसम्म बिना विभागिय मन्त्री बनाउने काम गरेको आरोप लगाएका छन् ।
त्यस्तै स्वास्थ्य र खेलकुदको क्षेत्रमा राम्रो काम गर्न लाग्दा जनमत पार्टीको जिम्मेवारीमा रहेको शिक्षा तथा समाजकल्याण मन्त्रालयलाई पटक–पटक फुटाउने कार्य भएको जिकिर गर्दै उनले त्यसकैे खेलकूद मन्त्रालय फुटाउनु र शिक्षा तथा संस्कृती मन्त्रालयमा मात्रै सिमित गर्नु त्यसको पछिल्लो उदाहरण सबैमा जानकारी नै भएको उल्लेख गरेका छन् ।
नेता यादवले विज्ञप्तिमा यी सबै कुराहरु गठबन्धनमा कुनै छलफल वा मन्त्री परिषद्मा समेत कुनै प्रस्ताव नै नलगेर एकलौटी र गोप्य ढंगले गरिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । यस्तै विज्ञप्तिमा सांसद रन्जु खंग खत्वेको नामको राज्यमन्त्रीको रुपमा सिफारिस भइसक्दा पनि सपथ ग्रहण नगराइएको तथा मन्त्री परिषद्को बैठक प्राय नबसी बिना कुनै छलफल नै एकल पार्टीको निजि सम्पत्ति झै सरकारको कामकारवाही चल्ने गरेको उल्लेख गरेका छन् ।
उनले आफ्नो मन्त्रालयमा समेत सम्बन्धित मन्त्रीलाई कुनै निर्णय गर्न नदिएको वा निर्णयहरुको जानकारी पनि नगराउने गरेको, कुनै पनि काम गर्ने वातावरण नबनाएको, काम सकारात्मक र जनताको हितमा बढ्न लाग्दा पटक–पटक मन्त्रालय फुटाएको विज्ञप्ति मार्फत आरोप लगाएका छन् ,
नेता यादवले आफ्नै मातहतको मधेश कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा जानकारी समेत नदिई कार्यक्रम स्थलमा पुग्दा सरकारको निर्देशनमा आफूसहित मधेश प्रदेशका माननीयहरु माथी लाठीचार्ज गर्न लगाई घाइते बनाएको जस्ता निन्दनीय र क्रुर तानाशाही कदमहरु चालेको हुनाले जनमत पार्टीका मन्त्रीहरुले मधेश सरकारको मन्त्रीपरिषद्बाट राजिनामा दिनुका साथै मधेश सरकारबाट समर्थन समेत फिर्ता गरेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ